१) अमला
अमला स्वास्थ्यका लागि मात्र उपयोगी नभई कपालको स्वास्थ्यका लागि पनि उपयोगी छ। यसको नियमित प्रयोगले सेतो कपालको समस्या समाधानमा सहयोग गर्छ।
अमलामा मेहन्दी मिसाएर यसको घोललाई कपालमा लगाउनाले कन्डिसनिङको काम गर्छ। अमलालाई काटेर तातो नरिवलको तेलमा मिसाएर पनि लगाउन सकिन्छ।
२) मरिच
मरिचले भान्छामा स्वाद पनि बढाउँछ। यसको प्रयोग कपालमा पनि गर्न सकिन्छ। यसलाई लगाउनाले सेतो हुन आँटेको कपाल पुनः कालो हुन्छ।
यसका लागि मरिचका दाना पानीमा उमाल्ने र त्यो पानी नुहाएको कपालमा हाल्नुहोस् । नियमित प्रयोग गर्नाले यसको असर देख्न थाल्नेछ।
३) कफी, चियापत्ती
यदि तपाईं सेतो कपालबाट पीडित हुनुहुन्छ भने चियापत्ती र कफीको प्रयोग गर्न सकिन्छ। कपाल सेतो भैसकेको छ भने चियापत्ती र कफीले धुने हो भने कपाल पुनः कालो हुनेछ। यसको प्रयोग नियमित रुपमा दिनको दुईपटक गर्न सकिन्छ।
यो पनि पढ्नुहोस
कतै तपाई नक्कली अण्डा त खाइरहनुभएको छैन ? २ मिनेटमै यसरी चिन्नुहोस्
घातक बन्न सक्छ ट्याटुको रहर, देखिन सक्छन् यस्ता समस्या
४) घिउकुमारी
कपालमा घिउकुमारीको जेल लगाउनाले झर्न रोकिन्छ र सेतो हुन दिँदैंन। यसका लागि घिउकुमारीको जेलमा कागतीको रस मिसाएर पेष्ट बनाउनुपर्छ र कपालमा लगाउनुपर्छ।
५) दही
सेतो कपाललाई प्राकृतिक रुपमै कालोमा परिवर्तन गर्न दहीको प्रयोग गर्न सकिन्छ। यसका लागि हिना र दहीलाई बराबरमात्रामा मिसाएर पेष्ट बनाउनुस् र यसलाई लगाउनुस्। यो घरेलु उपचारलाई हप्तामा एकपटक लगाउन सकिन्छ।
६) प्याज
प्याजले पनि सेतो कपाललाई कालो बनाउन मद्दत गर्छ। केही दिनसम्म दैनिक नुहाउने केही अघि प्याजको पेष्ट लगाउनुपर्छ। यसले कपाल कालो हुन थाल्नेछ र चमक पनि आउनेछ। प्याजको पेष्टले कपाल झर्न पनि रोक्नेछ।
७) दूध
गाईको दूधले पनि सेतो कपाललाई कालो बनाउन मद्दत गर्छ। गाईको दूध हप्तामा एकदिन लगाउन सकिन्छ।
८) घिउ
घरमा बनाइएको घिउले मालिस गर्नाले छालालाई पोषण मिल्छ। दैनिक शुद्ध घिउले कपालमा मालिस गर्नाले सेतो हुनबाट छुटकारा मिल्नेछ।