गायिका रजिना रिमाल र उनका पतिमा कोरोना संक्रमण

समाचार

काठमाडौं । गायिका रजिना रिमाल र उनका पति विनोद श्रेष्ठलाई कोरोनाभाइरसको संक्रमण देखिएको छ ।

आफुमा कोरोना संक्रमण देखिएको बारे गायिका रिमालले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा आफु र पतिमा कोरोना पोजेटिभ देखिएको बताउदै आफूहरुसँग सम्पर्कमा आएकाहरु सबैैलाई सुरक्षित रहन र आसोलेशनमा बस्न आग्रह गरेकी छिन् ।

गायिका रिमालले ‘नाई नभन्नु ल को शिर्ष गीत, मर्ने कसैलाई रहर हुँदैन, पागल म बन्न सक्छु, म मर्ने बेला तिमी चै आउनु’ लगायतका गीतहरु गाएकी छिन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *