दुई दिनदेखि लगातार घटिरहेको सुनको मूल्य आज बढ्यो

समाचार

काठमाडौं, २८ पुष । दुई दिनदेखि लगातार घटिरहेको सुनचाँदीको मूल्य मंगलबार भने बढेको छ ।मंगलबार सुन तोलामा ६ सय रुपैयाँले बढ्दा चाँदी २० रुपैयाँले बढेको छ । आइतबार २३ सय र सोमबार ८ सय रुपैयाँले सुनको मूल्य घटेको थियो ।

मंगलबार छापावाल सुनको मूल्य तोलामा ९२ हजार ८ सय रुपैयाँ निर्धारण हुँदा तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रुपैयाँ कायम भएको छ । यस्तै, चाँदीको मूल्य १ हजार २ सय ५० रुपैयाँमा निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।महासंघका अनुसार सोमबार छापावाल सुन तोलाको ९२ हजार २ सय, तेजाबी सुन ९१ हजार ७ सय र चाँदी १ हजार २ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *