सुहागरात भन्दा अघि इन्जिनियर बुहारीलाई सासुले बाथरुममा लिएर गइन्, अनि गरिन् लाजमर्दो हर्कत

रोचक

एजेन्सी । पुरानो सोंच राख्ने परिवारका कारण एक युवतीको जिवन नै बर्बाद भएको छ । एक परिवार इन्जिनियर बुहारीलाई घरमा लिएर आयो । जब सुहागरात हुनु अघि सासुले उनलाई बाथरुममा लिएर गइन् ।

उनको कुमारीत्व जाँच गर्न लगाइयो । सासुले कुमारीत्व जाँच गरेपछि ति बुहारीसंग जेठाजुले नराम्रो काम समेत गरे । यस्तो लाजमर्दो घटना भारत मध्य प्रदेशको इन्दौरमा भएको हो।

इन्दौरको द्वारकापुरी पुलिस स्टेशनमा एउटा अचम्मको घटना आयो । इन्जिनियर पढेकी एक युवती प्रहरी कार्यालय आइन् । उनले आफु माथि भएका यस्ता घटनाका बारेमा बेलीबिस्तार लगाइन् । घटना सुनेर प्रहरी पनि अचम्म परे । उनको विवाह साढे ३ वर्ष अघि भएको थियो । सुहागरातको दिन नै उनकी सासुले यस्तो अचम्म लाग्दो ब्यवहार गरिन् ।

महिलाको उजुरीमा उनको सासु, ससुरा, श्रीमान् र बुहारीका विरुद्ध प्रहरीले उजुरी दर्ता गरेको छ । उनीहरु अहिले सबै जना पक्राउ परेका छन् । उनको विवाह २०१७ मेमा भएको थियो। सुहागरातकै बेलामा उनको सासु, ससुरा, जेठाजु सबै उनको कोठामा आए ।

सासुले उनलाई बाथरूममा लैजान थालिन् । उनलाई भनिन् हामी तिम्रो कुमारित्व परिक्षण गर्छौ । जब युवतीले मानिनन् उनका श्रीमानले पनि आमाकै साथ दिँदै भने । मेरो परिवार पुरानो बिचारधारा मान्ने खालको छ । आमाले जे भन्नुहुन्छ उहाँको कुरा मान ।

केही दिन पछि उसको जेठाजुले बुहारी माथि नराम्रो काम गरे । जब महिलाले यो घटना आफ्ना पति र सासुलाई बताइन्, तिनीहरूले यसलाई बेवास्ता गरे। केही दिन पछि, श्रीमान्‌ले उनलाई बसमा राखेर माइत पठाइदिए । ती महिला दुई साढे बर्षसम्म माइतमै बसिन् । यति धेरै वर्ष पछि मात्र उनले आफुमाथि परेको घटनाका बारेमा प्रहरीमा उजुरी दिएकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *