चउरमा खेलिरहेका बालबालिकाहरुले गाउँ नजिकैको खोल्सामा तीन वटा फालिएका बोरा भित्र पाँच करोड रुपैयाँ भेट्टाएपछि

रोचक

एजेन्सी। तपाईले अहिलेसम्म कति रुपैयाँ भेट्टाउनुभएको छ ? पैसा भेट्टाउँदा जो कोही पनि खुशीले फुरुगं हुन्छन् । भारतको झारखण्ड राज्यको एक गाउँमा हालै चउरमा खेलिरहेका बालबालिकाहरुले गाउँनजिकैको खोल्सामा तीन वटा फालिएको बोरा खोलेर हेर्दा ५ करोड रुपैयाँ देखेपछि उनीहरुको होश हवास नै उड्यो ।

यी नोट प्रतिबन्धित भारतीय पाँच सय र हजार रुपैयाँका नोट भएको भारतीय मिडियाहरुले जनाएका छन् । तीन बोराको तौल करिब एक क्विन्टल भएको बताइएको छ । भारतीय मिडियाका अनुसार सरायकेला खरसावाँ जिल्लामा दिनाइ गाउँमा यसरी धुजाधुजा पारिएका नोट भेटिएको हो । बच्चाहरु बोरासँग खेल्न थाले त्यही क्रममा बोरा च्यातिएर नोट बाहिर निस्किएको बताइएको छ ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

Leave a Reply

Your email address will not be published. Required fields are marked *