करिना कपुरको ‘बेबी बम्प’ देखेर फ्यानले सोधे- ‘जुम्ल्याहा छन् र ?’

बलिवुड

बलिउडकी चर्चित अभिनेत्री हुन् करीना कपूर । नयाँ फिल्म र फोटोशुटका कारण चर्चामा आइरहने करिना दोस्रो पटक आमा बन्दै छिन् ।छोरा तैमुरलाई जन्म दिएको करिब ४ वर्षपछि फेरि परिवारमा नयाँ सदस्य थप गर्न लागेको उनीहरुले औपचारिक जानकारी दिइसकेका छन् ।उनको गर्भावस्थाको फोटो र भिडियोहरु भाईरल भइरहेको छ ।गर्भावस्थाको अन्तिम समयमा भएकोले पनि होला तस्विरमा करिनाको पेट ठूलै देखिएको छ ।

करिनाको पेटको आकार हेरेर धेरैले उनलाई उनको पेटभित्र जुम्ल्याहा छन् कि भनेर धेरैले प्रश्न गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।भारतीय मिडियामा एक पछि अर्के गर्दै करिनाका गर्भवती अवस्थाका तस्विरहरु बाहिरिएसँगै उनका फ्यान र आफन्तले समेत करिनाको पेटमा जुम्ल्याहा वच्चाा हुर्किरहेको आँकलन गर्दै सो प्रश्न तेर्स्याएका हुन् । सुत्केरी हुने दिन नजिकिएसँगै करिना अहिले हिँडडुल पनि गरेर शरीरलाई थप स्फुर्त बनाउन लागिरहेकी छिन् ।करिना र सैफले आफ्नो सन्तानलाई घर भित्र्याउनका लागि तयारी पनि सुरु गरिसकेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

Leave a Reply

Your email address will not be published. Required fields are marked *