एक्कासी सोच्नै नसकिने गरि आज ह्वात्तै घट्यो सुनको मुल्य , प्रति तोला कति ?

समाचार

काठमाण्डाै – साताको पहिलो दिन आज सुनको भाउ एकैदिन तोलामा दुई हजार तीन सय रुपैयाँ घटेको छ ।गएको शुक्रबार तोलाको ९५ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलाको ९३ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तेजावी सुनको भाउ पनि आज २ हजार ३ सयले नै घटेर ९२ हजार ५ सय रुपैयाँ कायम भएको छ । यस्तै चाँदी पनि तोलामा ६० रुपैयाँ घटेर एक हजार दुई सय ७० रुपैयाँ कायम भएको छ ।शुक्रबार चाँदी तोलाको एक हजार तीन सय ३० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमै सुनको भाउ घटबढ भइरहेकाले नेपाली बजारमा पनि भाउ अस्थिर भएको महासङ्घले जनाएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७९ हजार ७३५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ७९ हजार ३०५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ८९ रुपैयाँ कायम गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *