अत्यन्तै दु:खद खबर : सरकारी अस्पतालमा आगलागी हुँदा १० जना नवजात शिशुको मृत्यु !

Uncategorized

काठमाडौं । शनिबार बिहान महाराष्ट्रको भण्डारा जिल्लाको सरकारी अस्पतालमा आगलागी हुँदा १० जना नवजात शिशुको मृत्यु भएको छ । आगलागी बिरामी नवजात हेरचाह इकाईमा भएको थियो । सुरुमा अस्पताल प्रशासन घटनाको लागि जिम्मेवार देखिन्छ । वार्डमा १७ जना शिशुहरु थिए जसमा ७ जनाको जिवितै उद्धार गरिएको छ ।अस्पतालका मेडिकल अफिसर प्रमोद खन्डाटेका अनुसार आगलागी राति २ बजेतिर भएको थियो । नवजात शिशुबाट धुवाँ आउँदै थियो । नर्सले ढोका खोलेर धुवाँले वार्ड भरिएको देखेकी हुन् । उनले वरिष्ठ डाक्टरहरुलाई जानकारी दिए ।

अस्पतालका कर्मचारीहरुले बच्चाहरूलाई बाहिर लग्यो, तर तबसम्म १० निर्दोष बालबालिकाहरुको मृत्यु भइसकेको थियो । ७ बालबालिकालाई उद्धार गरियो । तिनीहरूलाई अर्को वार्डमा सारिएको छ ।अस्पतालको लापरबाहीका कारण यो दुर्घटना भएको जानकारी दिइएको छ । अस्पतालका कर्मचारी वा स्वास्थ्यकर्मी विरामी बालबालिका भएको वार्डमा भएका र तत्काल उद्धार गरिएको थियो भने निधन नहुनसक्थ्यो । भन्दै अहिले उक्त क्षेत्रमा अस्पताल प्रशासन बिरुद्ध प्रर्दशन भइरहेको छ ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

0

Leave a Reply

Your email address will not be published. Required fields are marked *