काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२१ को सुरुवातसँगै डरलाग्दो हवाई दुर्घटना देखिएको छ । ५० जना यात्रु बोकेको बोइङ्ग–७३७ यात्रुवाहक विमान दुर्घटना भएको छ । इन्डोनेसियाको जकार्ताबाट उडान हुने बित्तिकै समुद्रमा बेपत्ता भएको रिपोर्टले जनाएको छ ।श्रीविजय एयर विमान शनिबार इन्डोनेसियाको राजधानीबाट पश्चिम कालिमान्टन प्रान्तको पोन्टियानक जाँदै थियो । विमान उडेको केहि मिनेटमा नै कन्ट्रोल रूमसँग सम्पर्क बिच्छेद भएो कुरा स्थानीय मिडियाले जानकारी गराएका छन् ।
उक्त विमान बोइङ्ग बी७३७–५०० को मानिन्छ । जानकारी अनुसार यो विमान उडानको केहि मिनेट पछि १०,००० फिट समुन्द्रमा खसेको जनाइएको छ । फ्लाइटडार२४ ले ट्वीट गर्दै लेखेको छ, ‘हामी इन्डोनेसियामा बोइङ्ग ७३७–५०० हराएको खबर पछ्याइरहेका छौं ।हामी छिट्टै बढि सूचना पाउने आशा गर्छौं ।’ इन्डोनेसियाली एयरलाइन्स श्रीविजय एयरले अझै पनि एक विज्ञप्ति जारी गर्नु भन्दा पहिले धेरै जानकारी प्राप्त गरिरहेको जनाएको छ ।अंग्रेजी नयाँ वर्ष २०२१ को सुरुवातसँगै डरलाग्दो हवाई दुर्घटना
अंग्रेजी नयाँ वर्ष २०२१ को सुरुवातसँगै डरलाग्दो हवाई दुर्घटना