प्रधानमन्त्रीको कार्यक्रममा कालो मास्क प्रतिवन्ध, केपी ओलीलाई कालोदेखि एलर्जी हो कि कार्यकर्ताको सनक ?

समाचार

काठमाडौ । पछिल्लो समय एक भिडियो सामाजिक सञ्जालमा भाइरल भै रहेको छ । उक्त भिडियोमा एक ब्यक्तिलाई हलबाट धकेल्दै बाहिर निकालिन्छ । उनले कालो मास्क लगाएका छन् । सुरक्षाकर्मीले उनलाई रोक्छन ?

ति ब्यक्तिको प्रश्न छ, ‘कालो कोट लगाउने जान पाउने, कालो टोपी लगाउने जान पाउने । कालो मास्क लगाएर जान किन नपाउने ? ’ उनलाई उत्तर कसैले दिदैन । तर एक ब्यक्ति उनलाई अर्को रंगको मास्क दिने बाचा गर्छन् ।

बाह्रखरीले युट्युवमा राखेको उक्त भिडियो हेरेपछि एक प्रश्न सहज रुपमा आउँछ, प्रधानमन्त्रीको कार्यक्रममा कालो मास्क किन प्रतिवन्ध भयोरु के प्रधानमन्त्री ओलीलाई कालोदेखि एलर्जी हो ? कि यो कुनै कार्यकर्ताको सनक मात्र हो ?

पछिल्लो पटक काठमाडौंको प्रज्ञा भवनमा ओली पक्षीय राष्ट्रिय युवासंघ नेपाल बागमती प्रदेशले मध्यावधि निर्वाचनको स्वागतमा आयोजित बृहत कार्यकर्ता भेलामा सहभागी हुन आएका कार्यकर्ताले लगाएको कालो मास्क, गलवन्दी लगायतका कपडा बाहिर खोलेरमात्रै कार्यक्रमस्थल प्रवेश गराइएको थियो ।

कालो कपडा लगाउनेलाई सुरक्षाकर्मीले झन्डै १ घण्टा लगाएर गेटमा खानतलासी गरेको थियो । यसअघि ओली पक्षले कार्की बैंकेटमा गरेको कार्यक्रममा पनि कालो कपडा प्रतिवन्ध गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *