कपिल शर्माको फ्यानहरुको लागि अत्यन्तै दुखद खबर !

अन्तरास्टिय

भारतको मुम्बई प्रहरीले बलिउड अभिनेता तथा कमेडियन कपिल शर्मालाई सोधपुछकालागी बोलाएको छ ।भारतको क्रिमिनल इन्टेलिजेन्स यूनिटले कपिललाई सोधपुछ गर्न बोलाएको हो ।

नक्कली दर्ता भएका कारको जफतका क्रममा कमेडियन कपिल शर्मासमेत मुछिएपछि क्रिमिनल इन्टेलिजेन्स यूनिटले उनलाई सोधपुछकालागी बोलाएको बताएको छ । कार डिजाइनर दिलीप छाबडीयाकाविरुद्ध परेको ठगी मुद्दामा क्रममा कपिल शर्माले समेत उनीविरुद्ध मुद्दा दर्ता गराएका छन् । जसमा कपिललाई बयानका क्रममा बोलाएको हो ।

यस घटनाबारे अहिलेसम्म कपिलले कुनै प्रतिकृया सार्वजनिक गरेका छैनन् । उनी आफ्नो पपुलारीटीमा आँच नआवोस् भनेर यस बिषयमा नबोलेको भारतीय मिडियाले बताएका छन् । उनको ’द कपिल शर्मा शो’ नामक कार्यक्रम विश्वभर लोकप्रिय मानिन्छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Leave a Reply

Your email address will not be published. Required fields are marked *