प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार रिमाल र प्रेस सल्लाहकार थापालाई काेराेना संक्रमण पुष्टि

समाचार

काठमाडौं, १७ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार सूर्य थापालाई काेराेना संक्रमण पुष्टि भएको छ ।

राजनितिक सल्लाहकार रिमालले आफूलाई कोरोना संक्रमण भएको फेशवुकमार्फत जानकारी गराउनुभएको छ । उहाँले पछिल्लो पटक आफूसँग भेट गर्ने सबैलाई स्वास्थ्यको ख्याल गर्नसमेत आग्रह गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *