अमेरिकावाट भर्खरै नेपाल फर्किएका इन्जिनियर दम्पत्तीको रहस्यमय मृत्यु, शव नजिकै भेटियो र’ग’त लागेको सिलौटो

अन्तरास्टिय

काठमाडौं । भर्खरै अमेरिकावाट नेपाल फर्किएका एक इन्जिनियर दम्पत्तीको रहस्यम मृत्यु भएको छ । काठमाडौंको टोखास्थित ग्रिन भिल्ला कोलोनीमा दम्पती निधन भएको अवस्थामा फेला परेका हुन् । घटनास्थलको प्रकृति हेर्दा घटना रहस्यम देखिएको प्रहरीले जनाएको छ । शुक्रवार राति करिब ९ बजे दम्पती मृ’त अवस्थामा फेला परेका हुन् ।

ग्रिन भिलामा बस्ने ३३ वर्षीया सुदिक्षा गिरी र उमेश केसी रहस्यमय अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले घटनाको अनुसन्धान सुरु गरेको छ । प्रवक्ता डिएसपी प्रमेश विष्टले घटनास्थल रहस्यमय भएको बताए ।

कोठाभित्र मृ’त अवस्थामा प’ल्टि’रहेको अवस्थामा उमेशको शव प्रहरीले बरामद गरेको छ । पत्नी सुदिक्षाचाहिँ झु’ण्डि’एको अवस्थामा फेला परेकी छिन् । उमेश र सुदिक्षा इन्जिनिर भएको बताइएको छ ।

घटनास्थलमा र’ग’त लागेका अवस्थामा सिलौटो फेला परेको छ । सुदिक्षाले श्रीमानको ज्या’न लि’ए’र आफुले पनि देह त्याग गरेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । प्रारम्भिक अनुसन्धान निष्कर्ष सुनाउँदै प्रहरी प्रमवक्ता विष्टले बताएका छन् ।

उमेशको परिवार अमेरिका बस्दै आएका छन् । उमेश केही समयअघि अमेरिकाबाट काठमाडौं फर्केका हुन् । शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा राखिएको र घटनाबारे विस्तृत अनुसन्धान भईरहेको डिएसपी विष्टले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *