सुशान्तको अधुरो सपना, जुन निधनको ७ महिनापछि बाहिरियो !

बलिवुड

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधनको ७ महिना भइसकेको छ । उनको निधनमा बलिउडमा नयाँ तरङ्ग नै सृजना गर्यो । बलिउडमा नेपोटिजम, गुप्रिजम तथा लागुऔषध सेवनको बारेमा हंगामा नै भच्चियो जस्को प्रत्यक्ष असर भर्खरै क्यारियरको सुरुवात गरिरहेका अभिनेत्रीहरुलाई पनि पर्यो ।

उनको निधनको कारण खुल्न नसकेपछि निधनको रहस्य सेलाईसकेको छ । उनको निधनको मुद्दालाई अगाडी बढाएकी उनकी बहिनी स्वेता कृति सिंहले पनि आफ्नो आफ्नो एकाउन्टबाट सबै कुराहरु हटाइसकेको छिन् ।

अहिले सुशान्तको बारेमा नयाँ खुलासा भएको छ । सुशान्तको एकदमै नजिकको साथीले सुशान्तले हलिउडमा काम गर्न आफ्नो पाईला अगाडी बढाइरहेको बताएका छन् । लस एञ्जलमा घर किन्ने र हलिउडमा सेटल हुने सुशान्तको योजना रहेको साथीलाई उद्दित गर्दै भारतीय सञ्चारमाध्यम पिंकभिल्लाले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *