चितवनमा अफ्रिकी यूवतीसँग राजेन्द्र खड्गी, रुवी राणासँग भेटिए रोमान्टिक मुडमा

भिडियो

अब त धेरैलाई थाहा भइसक्यो, केही हप्तायता नेपाली फिल्मका पुराना ‘भिलेन’ एवम् द्धन्द निर्देशक राजेन्द्र खड्गी नयाँ फिल्म निर्माणका लागि जुटिरहेका छन् । नेवारी तथा नेपाली दुवै भाषामा उनी ‘चिकन चाको पैसा खान गाह्रो’ नामक म्यूजिकल फिल्म बनाइरहेका छन् यही फिल्मको सेरोफेरोमा उनी कहिले रसियन युवतीसँग रोमान्स गरिरहेका भेटिन्छन्, कहिले पूर्व आइजिपी सर्वेन्द्र खनालको घरमा त कहिले नेपालकी पहिलो मिस नेपाल रुवी राणालाई घोडा सिकाइरहेको अवस्थामा ।

मिटरब्याजमा रकम दिएर ठगी गर्ने लगायतको विषय उठानसहित बनिरहेको यो फिल्म खड्गीको दाबीअनुसार पूर्व आइजिपी खनालको यथार्थ कथासँग पनि प्रभावित छ ।

खैर यो फिल्मबारे बाँकी चर्चा हामी गर्दै गरौँला । आज भने चितवनको प्रसंग लिएर उपस्थित भएका छौँ । केही दिनअघि खड्गीको टिम यही फिल्मको सिलसिलामा चितवन पुगेको थियो ।

चितवन सुटिङका क्रममा खड्गी र फिल्मकी अफ्रिकी कलाकार बियोन्सी, पूर्व मिस नेपाल रुबी राणासँग केही दृश्य हाम्रो कला टिभीले कैद गरेको छ । जहाँ खड्गीले अफ्रिकी युवतीदेखि पहिलो मिस नेपालसम्म सबैसँग रोमान्स गरेका छन् ।

राति क्याम्पफायर गर्दै रुबीसँग खड्गीले गरेको डान्स कम रोमान्टिक थिएन । यतिमात्रै होइन यो फिल्ममा रुवीका श्रीमान् पूर्व मेजर प्रजय विक्रम शाहको समेत अभिनय छ ।

सुटिङका बखत राति रमाइलोका क्रममा रुबी र उनका श्रीमान्ले पस्केको नृत्य समेतले सुटिङ युनिटलाई खुब रमाइलो गराएको थियो ।

बाँकी के–के भयो, आफै हेर्नुस् खड्गीको फिल्म सुटिङका क्रममा हाम्रो कला टिभीले कैद गरेको यि रमाइला दृश्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *