विवाहकै रात यस्तो घटना भएपछि राखी सावन्तलाई होटलमै छोडेर हिँडेका थिए उनका श्रीमान्, पहिलो पटक रुँदै आफ्नो पीडा सुनाइन् राखीले

बलिवुड

एजेन्सी । बलिउड अभिनेत्री राखी सावंत लामो समयदेखि आफ्नो विवाहको बारेमा चर्चामा छन्। राखीका पति रितेश अहिलेसम्म कसैको अगाडि आएका छैनन्। राखी रियालिटि शो बिग बॉस १४ हुँदा पनि धेरै चोटि आफ्ना पतिका बारेमा कुरा गरेकी थिइन् । राखीले बुधवारको एपिसोडमा बताइन कि उनका पति विवाह पछि उनलाई छोडेर गए तर अहिले सम्म फर्केका छैनन् ।

शो को भिडियोमा देख्न सकिन्छ, राखी, अभिनव र निक्ली बगैंचामा बसेका छन् । राखी भन्छिन्, मेरा पति यदि तपाई म संग सम्बन्ध विच्छेद गर्न चाहनुहुन्छ भने पनि मेरो मञ्जुरी छ । म तपाईसंग डराउँदिन ।

राखिले त्यसो भनेपछि अभिनव बोल्दछन् किन तपाईं यस्तो बोल्दै हुनुहुन्छ। अभिनवको त्यो कुराको जवाफमा राखिले फेरी भन्छिन्, के फरक पर्छ ? विवाह भएको डेढ वर्ष भयो । विवाह भएकै राती मलाई छोडेर हिँडेको हो अहिले सम्म फर्किएको छैन ।

विवाहको दिन हामी अलग कोठामा थियौं । म श्रृंगार कोठामा थिए । केरो मेकअप आर्टिस्टले हाम्रो तस्बिर खिचेर सामाजिक सञ्जालमा राखिदिइन् । यो कुरा तत्काल फैलियो । राखिले विवाह गरेको भन्दै क्यामेरा पर्शन र मिडिया हामी बसेको भवनको तल आइपुगे । यो सबै भएपछि मेरो श्रीमान् रिसाए । उनले भने यो सबै तेरो कारणले भएको हो । मेरो एउटा पनि फोटो मिडियामा आउनु हुँदैन । अब तं जे गर्ने हो गर उनले त्यतीबेलाको घटना सुनाउँदै भनिन् ।

विवाह भए लगत्तै यस्तो घटना भएपछि आफ्ना श्रीमानले सम्बन्ध विच्छेद गर्ने चेतावनी दिएको बताइन् । उनले अहिले सम्म ४ पटक चेतावनी दिइसके उनले भनेकी छन् । त्यती बेला राखिको आमा विरामी भएको कारण पनि समस्या धेरै बल्झाउन नचाहेको उनको भनाई छ । मेरो आमालाई १०४ ज्वरो आएको थियो । मेरो भाईकै अगाडी श्रीमानले मलाई सम्बन्ध विच्छेदको चेतावनी दिए राखिको भनाई छ ।

ुविवाह पछि हामी केही दिन त्यही होटलमा बस्ने योजना थियो । तर मिडिया आएपछि रिसाएको रितेश त्यहाँवाट झोला समातेर वाहिर निस्क्यो । तेरो मिडिया तै सम्हाल भन्दै बिरामी आमा र मलाई होटलमा छोडेर हिँडेको मेरो श्रीमान अहिले सम्म फर्केको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *