काठमाडौं, १७ असोज । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएका विकृति सुधारको माग गर्दै अनसनरत डा.गोविन्द केसीको समर्थनमा मौन प्रदर्शन गरिएको छ ।
सोलिडारिटी फर डा.गोविन्द केसी समूहले आज (शनिबार) पनि काठमाडौंको माइतीघर मण्डलामा डा.केसीको समर्थनमा मौन प्रदर्शन गरेका हुन् अनसनको २० औं दिन पुगिसक्दा पनि सरकारले कुनै चासो नदेखाएको भन्दै प्रदर्शनकारीहरुले खेद व्यक्त गरेका छन् ।
उनीहरुले ‘स्वास्थ्य र शिक्षामा माफिया तन्त्र बन्द गर’, ‘नेपाली जनता जिन्दाबाद, भ्रष्टचारी मूर्दाबाद’, ‘डा. गोविन्द केसी जिन्दाबाद’, ‘सत्याग्रही गोविन्द केसीको माग पूरा गर’, ‘गोविन्द केसीको जीवन रक्षा गर, ‘आई एम विथ डा.गोविन्द केसी’, लगायतका प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।हाल डा.केसी त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा अनसनरत छन् ।