नालीको फोहोरमा बे’वारिसे शि’शुको श’व भेटियो, कस्ले फाल्याे ? पुरा पढ्नुहोस्

समाचार

उदयपुरको कटारीमा नवजात शिशुको शव बेवारिसे अवस्थामा फेला परेको छ । कटारी नगरपालिका-४ स्थित बसपार्क नजिकैको नालीमा भर्खरै जन्मिएको बच्चाको शव फेला परेको हो । नालीको फोहोरको बीचमा भेटिएको उक्त बच्चाको शवबारे इलाका प्रहरी कार्यालय कटारीले छानविन गरिरहेको डिएसपी हेमन्त भण्डारीले बताए ।

शवको प्रहरीले मुचुल्का तयार गरी पोष्टमार्टमका लागि कटारी अस्पतालमा राखेको उनले जानकारी दिएका छन् । अवैध रुपमा बच्च जन्मिएपछि फालेको हुनसक्ने प्रहरीको अनुमान छ । बच्चाको आमाको पनि खोजी गरिरहेको प्रहरीले जनाएको छ । purbelinews बाट साभार गरिएको हो

अर्को समचार पनि पढ्नुहोस्

सडक संघर्षमा जान सभापति देउवालाई मनाएर आइतबारको केन्द्रीय कार्यसमितिको बैठक सुरु गरिएको थियो । बैठकअघि देउवासहितका पार्टी पदाधिकारी, पौडेल, सिटौलासहितका नेताहरूबीच पार्टी कार्यालयमै भएको अनौपचारिक छलफलमा आन्दोलनका कार्यक्रम तय गरिएको थियो । त्यहीं तय भएको कार्यक्रमलाई पछि केन्द्रीय कार्यसमितिको बैठकले अनुमोदन गरेको हो । कांग्रेसले पुस २५ गते शनिबार ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रकेन्द्रित विरोध प्रदर्शन र सभा आयोजना गर्ने निर्णय गरेको छ । माघ ३ गते ७ सय ५३ पालिका र माघ ८ गते देशभरका ६ हजार ७ सय ४३ वडामा प्रदर्शन र सभा गर्ने कार्यक्रम तय गरेको छ । जिल्ला र पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाहरूले केन्द्रसँगको समन्वयमा छुट्टै कार्यक्रम तय गर्न निर्देशनसमेत दिइएको छ ।

आन्दोलनमा जान तयार भए पनि संसद् पुनःस्थापनाको मुद्दा उठाउन भने सभापति देउवा हच्चेका छन् । उनको असहमतिकै कारण पार्टीले संसद् पुनःस्थापनाको विषय निर्णयमा उल्लेख गरेको छैन । वरिष्ठ नेता पौडेलले ‘मोइ माग्ने ढुंग्रो लुकाउने’ काम किन गर्ने भन्दै निर्णयमै पुनःस्थापनाको विषय उल्लेख गर्न दबाब दिएका थिए । पौडेल र पूर्वमहामन्त्री सिटौलाले असंवैधानिक कदमविरुद्ध पार्टी संघर्षमा उत्रिसकेपछि त्यसलाई सच्याउने कुरा स्वतः आउने कान्तिपुरलाई बताए ।

‘अबको आन्दोलन सशक्त हुन्छ । असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्धको आन्दोलन भन्नुको अर्थ त्यसलाई सच्याउनु हो । त्यो भनेको संसद् पुनःस्थापनाकै लागि हुने आन्दोलन हो । अदालतलाई पनि हाम्रो यही अपिल छ,’ पौडेलले भने, ‘संसद् पुनःस्थापनाले मात्रै संविधानलाई बचाउन सक्छ । पार्टीको संघर्ष पनि संविधान र लोकतन्त्रका उपलब्धिलाई बचाउनेमा केन्द्रित छ ।’ सिटौलाले संसद् विघटनलाई असंवैधानिक र गैरलोकतान्त्रिक कदम भनिसकेपछि त्यसलाई सच्याउनुपर्छ भन्ने नै कांग्रेसको धारणा रहेको बताए । ‘असंवैधानिक कदमलाई बदर गर्नुपर्छ भनिसकेपछि संसद् पुनःस्थापना गर्नुपर्छ भन्न नै खोजेको हो,’ उनले भने, ‘यसलाई लिएर धेरै अन्योलमा पर्न पर्दैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *