नेपाल प्रहरीका इन्स्पेक्टरले १५ हजार रुपैयाँको लोभ गर्दा भयो यस्तो हालत

समाचार

नेपाल प्रहरीका एक निरीक्षकले लोभमा पर्दा जागिर गु मा उ नु पर्ने अवस्था आएको छ । उनी १५ हजार घुस मामिलामा तानिएका थिए । सडक दुर्घटना गराउनेसँग १५ हजार लिएर घटना सामसुम गर्न खोज्दा उनको यो हालत भएको हो ।

घुस लिएको आरोप लागेपछि महानगरीय प्रहरी वृत्तले थानकोटमा कार्यरत ती इन्सपेक्टर गायत्रीराज शर्मालाई जिम्मेवारीबाट हटाएको थियो । हालै उनलाई गृहमन्त्रालयले निलम्बन गरेको छ ।

शर्मालाई प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले निलम्बन गर्ने निर्णय हो । शर्माले सवारी दुर्घटना मु द्धामा १५ हजार घुस लिएको संगठनभित्र थाहा भएको थियो । त्यसपछि उनलाई पुस १९ मा काठमाडौंका एसएसपी अशोक सिंहले जिम्मेवारीबाट हटाएका थिए ।

उनको यस्तो क्रियाकलापको डिएसपी घनश्याम श्रेष्ठले माथिल्लो निकायमा जानकारी गराएका थिए । सोही सूचनाका आधारमा तानिएका शर्मालाई महानगरीय प्रहरी कार्यालयको सिफासिमा प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमा निलम्बनका लागि अनुरोध गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *