मेरीबास्सैकी चम्सुरी रहिछन करोडपति , घरमा पुग्दा खुल्यो भित्री कुरा, धुर्मुस सुन्तली सम्झेर भाबुक(भिडियो)

भिडियो

हाँस्य टेलिश्रृंखला ‘मेरी बास्सै’को पाँचौं भाग बाट चम्सुरीको नाम बाट चिनिएकी पल्पसा डंगोलले हिजो मंगलबार आफ्नो ४१औं जन्मदिन मनाएकी छिन्। नेपाली टेलिसिरियलको क्षेत्रमा पहिलो महिला निर्देशकको रुपमा चिनिएकी पल्पसाले निकै टेलिसिरियलहरुमा अभिनय तथा निर्देशन गरेकी छिन्।

कलाकारीतामा लागेका हरेक व्यक्तिहरुले आफु कलाकार भएपछि आफ्ना सन्तानलाई पनि कलाकारिता क्षेत्रमा ल्याउने गर्छन्। यस्तै पल्पसाले पनि आफु संगै आफ्ना दुई छोरीहरुलाई पनि विभिन्न सिरियलहरुमा खेलाउँदै आएकी छिन्। उनकी दुई छोरीहरुमा जेठी छोरी लुनिभा १५ वर्ष पुगेकी छिन भने कान्छी छोरी लुजला १२ वर्ष पुगीसकेकी छिन्।पल्पसाले आफुले पहिलो निर्देशन गरेको सिरियल ‘दृष्टि’मा पनि दुवै छोरीलाई खेलाएकी थिईन। आफ्ना छोरीहरुले राम्रो कलाकारीता गर्ने बताउँदै उनले उनीहरुबाट आफ्लाई धेरै आशा राखेको जनाएकी छिन्।

भविष्यमा चलचित्र बनाउने योजनामा रहेकी पल्पसाले आफ्नी छोरीहरुको इच्क्षा भए उनीहरुलाई नायिका बनाउने सोच रहेको बताएकी छिन्।पल्पसाले आफ्नी छोरी लुनिभा मा अभिनयको चाह धेरै नभएपनि लुजलाको भने कलाकारनै बन्ने सोच रहेको जनाएकी छिन्।अहिले पनि पल्पसाले विभिन्न सिरियल तथा विज्ञापन हरुमा उनीहरुलाई खेलाइरहेकी छिन्। भविष्यमा पनि उनीहरुले इच्छा राखेमा आफ्नो चलचित्रमा नायिका समेत बनाउने उनले बताएकी छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *