मन्दिर गएकी ५० वर्षकी महिलालाई मृ’त अवस्थामा पुजारीले बोकेर घर ल्याए, पोष्टमार्टम रिपोर्ट पछि खुल्यो पुजारीकै यस्तो रहस्य

समाचार

बीबीसी । मन्दिरमा पुजा गर्न गएकी ५० वर्षकी महिला माथि भएको घटनाले समाजलाई नै स्त’ब्ध पारेको छ । अझ उदेक लाग्दो कुरा त के भने मुख्य अभियुक्त नै पुजारी देखिएका छन् ।

भारतको उत्तर प्रदेशको बदायूं जिल्लामा ५० वर्षीया एक महिला मन्दिरमा पुजा गर्न गएकी थिइन् । उनी जिवित फर्किइनन् । ति महिला माथि ज’बर’ज’स्ती समेत भएको छ । ज’ब’रज’स्ती भएको घटना लुकाउन उनको ह’ ‘त्या भएको छ ।

महिला आइतबार बेलुका पूजा गर्न जाँदा उनीमाथि यस्तो घटना भएको हो । आरोप मन्दिरका पुजारी र उनका दुई साथीमाथि लागेको छ ।

प्रहरीले दुई अभियुक्तलाई पक्राउ गरेको दाबी गरेको छ जबकी मुख्य अभियुक्त मन्दिरका पुजारी अहिले पनि प्रहरीको पहुँच बाहिर छन् । यसैबीच राष्ट्रिय महिला आयोगले यो मामिलामा युपी प्रहरीसँग रिपोर्ट माग गरेको छ ।

महिलाका परिवारका अनुसार आइतबार बेलुका उनी मन्दिरमा पूजा गर्न गएकी थिइन् तर निकै बेर भएपनि घर फिर्ता भइनन् ।

महिलाका श्रीमानले भने, ‘राती साढे ११ बजे महात्मा (मन्दिरका पुजारी) ले ग’म्भी’र अवस्थामा महिलालाई घर लिएर आए । उनको अत्यधिक र’क्त’श्राव भइरहेको थियो । घर ल्याएपछि उनको निधन भयो । महात्मा सत्यनारायणसँग वेदराम र ड्राइभर जसपाल पनि थिए ।’

परिवारले आरोप लगाएअनुसार यसबारे प्रहरीमा रिपोर्ट गरिएको थियो तर प्रहरीले कुनै रिपोर्ट दर्ता गरेनन् । मंगलवार पोष्टमार्टम रिपोर्ट पछि उनी माथि भएको घटनाबारे रहस्य खुल्यो । त्यसपछि मात्रै प्रहरीले एफआईआर दर्ता गर्यो र बुधबार दुईजनालाई पक्राउ गर्यो ।

मुख्य अभियुक्त तथा मन्दिरका पुजारी सत्यनारायण अहिले पनि फ’रा’र छन् । परिवारका अनुसार सोमबार नै ऊजुरी दिइएको थियो तर एफआइआर दर्ता गरिएन । पोस्टमार्टम पछि मात्रै एफआइआर दर्ता गरियो ।

स्थानीय पत्रकार चितरंजन सिंहले मुख्य अभियुक्त मन्दिरका पुजारी सत्यनारायणले महिलाको कुवामा ख’सेर मृ’त्यु भएको बयान दिइरहे ।

घटनापछि मिडियासँगको कुराकानीमा पुजारीले भनेका थिए, ‘महिला कुवामा ख’सेकी थिइन् । मैले वेदराम र जसपाललाई मद्दतका लागि बोलाएँ । उनीहरुको मद्दतले जब उनलाई निकालेँ तब उनको मृ’त्यु भइसकेको थियो । त्यसपछि हामीले उनलाई उनको घरमा पुर्याइदियौं ।’

स्थानीय प्रहरीले पोस्टमार्टम रिपोर्ट नआञ्जुलसम्म सत्यनारायणको बयानलाई सही मानिरहेको थियो । स्थानीय मानिसका अनुसार जुन कुवामा उनी ख’सेको कुरा पुजारीले बताइरहेका थिए त्यहाँ पुग्न नै कठिन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *