सेनाको गाडीले मोटरसाइकललाई ठक्कर दियो, एक जनाको मृत्यु

समाचार

काठमाडौ । नेपाली सेनाको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा सप्तरीमा एक जनाको निधन भएको छ । पूर्व–पश्चििम राजमार्गअन्तर्गत सप्तरीको रुपनी चौकमा सेनाको गाडीले मोटरसाइकललाई ठक्कर दिएको हो ।

बुधवार भएको घटनामा मोटरसाइकल चालक सप्तरी अग्निसाइर कृष्णसवरण गाउँपालिका–२ का ६५ वर्षीय रामचन्द्रप्रसाद चौधरी थारूको मृत्यु भएको हो ।ठक्करबाट गम्भीर घाइते भएका चौधरीको उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजतर्फ ल्याउने क्रममा बाटोमै निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अदलीबदली गर्नका लागि सूर्य दल गण विराटनगरबाट भैरवदल गण ललितपुरका लागि ३२ जनासहितको टोली लिएर हिँडेको बा१ग १९८१ नंको नेपाली सेनाको वानटनले मोटरसाइकललाई ठक्कर दिएको हो ।सोही दिशाबाट जाँदै गरेको स५प ५०७६ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।सेनाको गाडी चालक सुनसरीको धरान उपमहानगरपालिका–१७ का ३७ वर्षीय मनिषराज राईलाई प्रहरीले पक्राउ गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *