मेरी छोरीको ज्यान लिनेलाई जेलमा सडाए मात्रै मेरि छोरीले न्याय पाउँछ भन्दै छाती पिटिपिटी रोइरहन्छन् सम्झनाका बुवा

समाचार

बझाङ। बझाङमा करणी पछि ह त्या गरिएकी १२ वर्षिया सम्झना कामीका बुवा बिकास भारतबाट आएका छन्। भारतबाट आएदेखि बिकास चैनपुरस्थित एक सानो बन्द कोठाभित्र छन्। जतिखेर पनि आँखाभरि आँशु आइरहन्छन्। रुँदै भन्दै थिए ‘छोरी जन्माउने सबै बुबा पापी हुन् । म पनि पापी बुबा हुँ। तीन हप्ता अगाडी मेरी छोरीले त्यताबाट स्यान्डल ल्याइदिनु है बाबा भनेकी थिइ।

स्थानीय शेर कामी दाइको हातमा स्यान्डल पठाएको थिएँ। मैले पठाएका स्यान्डल पनि नलगाइ छोडेर गइ मेरी छोरी। फूलजस्ती छोरी त्यो पापीले चटक्कै चुँडेर लग्यो। उसका कति सपना थिए सबै अधुरै रहे। छोरीलाई नदेखेको ४ वर्ष पुग्यो।’ छोरीको करणी र ‘ह’त्या रालाई कि त ‘फाँ’सी कि त आ जिवन जेलमा सडाए मात्रै मेरि छोरीले न्याय पाउँछ भन्दै छाती पिटिपिटी रोइरहन्छन् विकास। स म्झना १२ व र्षीया जेठी छोरी हुन्। त्यसपछि ४ बहिनी र एक भाइ छन् सम्झ नाका।

सम्झना सहित तीन बहिनी बाजे बज्यैसँग थिए भने दुई बहि नी र एक भाइ भारतमा बुबा आमासँग थिए । विकास गाउँमा गरिखाने वातावरण नहुँदा २०५८ सालमा भारत छिरेका थिए। त्यसपछि एउटा छोरीको आँखामा स मस्या आउँदा धेरै खर्च भयो तर आँखा काम नलाग्ने गरी बिग्रीयो। दुखै दुखले भरिएको विकासको जीवनमा दैवले ठूलो ब्रजपातपा रिदियो। फूलको कोपिला जस्तै फक्रिन लागेकी सम्झना बुबा र भाइलाई नदेख्न पाएर यो संसारबाट विदा भइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *