बीच सड़कबाट बाघले आमालाई खाएपछि छोरिहरुको आ’क्रोश,स्केटिंग गरेर ल्याएको ट्रकले किन अगाडी पठायो? भिडियो हेर्नुहोस

भिडियो

भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ, पुरा हेर्नुहोला,काठमाडौँ,पुस । कमजोर गुणस्तरका कारण १०२ मेगावाटको मध्यभोटेकोसी जलविद्युत् आयोजनाको बाँध निर्माण पूरा गरेको एक वर्ष नपुग्दै भत्किएको छ ।भोटेकोसी कम्पनीका कर्मचारी, परामर्शदाता र ठेकेदारको मिलेमतोमा संरचना टालटुल पारेर दुरुस्त बनाउन खोजे पनि बाँधको स्पिल–वे (पानी बग्ने भाग) भत्केको घटना सार्वजनिक भएको हो । लकडाउनकै बीच गत चैत–वैशाखमा बाँधको निर्माण गरिएकामा अहिले संरचनाको ठाउँ–ठाउँमा भ्वाङ परेको छ भने ढलानभित्र राखिएका फलामका रड बाहिर निस्केका छन् ।

भोटेकोसीको पानीलाई डाइभर्सन टनेलबाट अर्को बाटो पठाएपछि गत साता स्पिल–वे भत्किएको दृश्य सार्वजनिक भएको थियो । बाँध निर्माणसम्बन्धी विद्युत् प्राधिकरणका विज्ञहरू भन्छन्, ‘स्पिल–वेको संरचना बनाएको एक वर्ष नपुग्दै भत्किनु गुणस्तरमाथिकै प्रश्न हो । बाँध नै कमजोर भएपछि आयोजनाको हालत के होला ?’ आयोजनाका एक पूर्वसीईओले आयोजनाको गुणस्तर राम्रोसँग जाँच्ने हो भने धेरै समस्या भेटिने बताए । बाँधमा पानी निकासका लागि बनाइएको एक प्रकारको संरचना स्पिल–वे हो । ‘यसमा पानी, ढुंगा र बालुवाको बढी नै प्रेसर पर्छ,’ भोटेकोसी कम्पनीका सीईओ सुभास मिश्रले भने, ‘बेलाबेलामा मर्मत गर्नुपर्ने नै हुन्छ ।’****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

चिलिमे जलविद्युत् कम्पनीको मोडेलमा सात वर्षअघि सिन्धुपाल्चोकमा सुरु भएको उक्त आयोजनाका लागि आठ अर्बभन्दा बढी खर्च भइसकेको छ । आयोजनाको संरचना निर्माणका क्रममा रड, सिमेन्ट, गिट्टी, बालुवा, रसायन पदार्थलगायतका वस्तुको प्रयोग घटाएर गुणस्तर कमजोर बनाएबापत करोडौं खर्च गर्ने ठेकेदारको प्रस्तावसहितको अडियो रेकर्ड एक महिनाअघि सार्वजनिक भएको थियो । उक्त रेकर्डमा बाँध निर्माणका क्रममा गुणस्तरहीन र कम परिमाण सामग्री प्रयोग गर्ने विषयमा पनि छलफल भएको छ ।

रेकर्डअनुसार भोटेकोसी कम्पनीका तत्कालीन सीईओ मणिकुमार काफ्ले, चिनियाँ ठेकेदार कम्पनीका दोभासे गोविन्द पौडेल र आयोजनाका प्राविधिकबीच भएको रकम लेनदेनसम्बन्धी कुराकानी सुन्न सकिन्छ । दोभासे पौडेलले काफ्लेलाई आफूले भनेअनुसार काम गरेमा दुई करोडसम्म उपलब्ध गराउने प्रस्ताव गरेका छन् । ठेकेदार, परामर्शदाता र काफ्लेले गरेको कुराकानीको रेकर्डमा आफूहरूको योजनामा आयोजनाका तत्कालीन प्रमुख सुनीलकुमार लामा बाधक भएको विवरण पटक–पटक बताइएको छ । लामालाई कोड भाषामा ‘हेलमेट’ नाम राखिएको छ । लामा सात वर्षदेखि आयोजनामा कार्यरत थिए । हेलमेटको अर्थ काममा बाधा पुर्‍याउने वा छेक्ने अर्थ लगाइएको छ । याे खबर कान्तिपुर दैनिकमा छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *