विराटनगरकी ६८ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

समाचार

विराटनगर, १७ असोज । विराटनगरकी कोरोना संक्रमित एक महिलाको शनिबार बिहान मृत्यु भएको छ । झापा दमक ७ की ६८ वर्षीया महिलाको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्युु भएको हो ।

केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार असोज ११ गते कोरोना देखिएपछि अस्पताल भर्ना गरिएकी उनको बिहान २स्१५ बजे मृत्यु भएको हो । वृद्धलाई श्वासप्रश्वासको समस्या बढेको थियो भने शरीरमा अक्सिजनको मात्रा कम थियो ।

मृतक महिला को दम र खोकीको पुरानो समस्या रहेको अस्पतालका प्रमुख डा।दिपक सिग्देलले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *