गलत समयमा पानी पिउने बानीले निम्त्याउँछ पेट सम्बन्धि अनेकौँ समस्या !

स्वास्थ्य

काठमाडौँ । सामान्यतया हामीले यो सुन्दै आएका छौं कि हाम्रो गलत खान पानको कारण पेट र पाचन सम्बन्धी समस्या हुन्छ। तर पेटको यी समस्याका कारण खाना मात्र हैन पानी पनि हुन सक्छ।यदि हामी पानी पिउने समय र सही तरीकाको बारेमा जान्दैनौं भने हामीले पिउने पानीले पेट सम्बन्धी यी समस्या आउन सक्छ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

१) पेटमा हुने दुखाई एक आम समस्या हो जुन हामीले पिउने पानीको कारण पनि बन्न सक्छ । पानी गलत समयमा पिउने कारणले पनि हुन सक्छ।२) यदि खाना खाने बित्तिकै पानी पिउँछौं भने यसले पाचनमा बाधा पु-याउँछ जसको कारणले गर्दा कब्जियत हुने समस्या हुन्छ।३) हामीमा अल्सरको समस्या पनि पानी सही मात्रामा या सही समयमा नपिउनाको कारणले हुन सक्छ त्यसैले जब तारेको, भुटेको, मसालेदार खानेकुरा खान्छौं भने त्यो समयमा केही अन्तर पारेर प्रशस्त मात्रामा पानी पिउनु पर्छ।

४) पाचन सही नहुनु र पेट खराब हुनु पाइल्सको कारण बन्न सक्छ। जुन एकदमै पिडादायक हुन सक्छ। यसैले पर्याप्त मात्रामा पानी पिउनु जरुरी छ तर भोजनको पहिले र पछिमा अन्तर हुन जरूरी छ।५) जण्डीस पनि पेट सँग जोडिएको एक समस्या हो जसको अप्रतक्ष कारण पानी पनि हुन सक्छ।६) ज्यादा मात्रामा पानी पिउनु, कम मात्रामा पानी पिउनु या गलत समयमा पानी पिउनुले हाम्रो पाचन प्रक्रिया प्रभावित हुन सक्छ जसको कारण झुसिला डकार आउने समस्या हुन्छ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

Leave a Reply

Your email address will not be published. Required fields are marked *