बाघले झ’म्टिएर लता’र्दै लैजाँ’दा ममीले ‘बाबु’ भनेको त्यो मेरो कानमा गु’न्जिरहेको छ

समाचार

कैलालीको लम्किचुहा नगरपालिका-४ कौवापुरकी ५० वर्षीया नन्दकली उपचार गर्न छोराको मोटरसाइकल चढेर नेपालगञ्ज आएकी थिइन्। तर घर फर्किनै नपाइ उनीमाथि बा’घले झ’म्टियोकेही दिन यता छाति दुख्न थालेपछि भारतमा भएका श्रीमानको सल्लाहमा २२ वर्षीय छोरा सन्तोषको मोटरसाइकल चढेर चेकजाँच गर्न हिँडेकी थिइन्। उनलाई सुगर (चिनी रोग) थियो।

नेपालगञ्ज आएर छातिको सिटी स्क्यान गरे। डाक्टरलाई देखाए। उपचार सकिँदा दिन ढल्किसकेको थियो। नेपालगञ्जबाट हिँड्दा बेलुकाको ६ बजिसकेको थियो पुसको जाडो मोटरसाईकलको यात्रा। तै राजमार्गमा आफ्नै गतिमा नहिँडे उल्टै पछाडिको गाडीले ठोक्लान् भन्ने त्रास उत्तिकै हुन्छ। सन्तोषले सुदूरपश्चिम प्रदेश १००८ प ६८०१ नम्बरको मोटरसाइकल हाँकिरहेका थिए। पछाडि उनकी आमा नन्दकली बसेकी थिइन्।करिब साढे ३ घन्टा लामो यात्रापछि उनीहरू बर्दिया राष्ट्रिय निकुञ्ज प्रवेश गरे। जंगली जनावरको सुरक्षाका लागि निकुञ्ज भित्र चालकका लागि निश्चित गति निर्धारण गरिएको हुन्छ।

निकुञ्जको निर्देशन अनुसार सन्तोषले पनि मोटरसाईकलको गति घटाए। ‘मेरो मोटरसाईकलको गति त्यस्तै ३०–३५ सम्म थियो होला,’ सन्तोषले भने।उनीहरू अम्रेनी चेकपोष्ट भन्दा ५/६ किलोमिटर अगाडि पुगेका थिए। सडकको उत्तरतर्फ अगाडि करिब १० देखि १५ मिटरको दुरीमा एक्कासी बा’घ देखापर्‍यो। उनले मोटरसाईकल अझै स्लो गरे। ‘मोटरसाईकल फर्काएर भाग्न मिल्ने ठाउँ नै थिएन। अगाडि यति ठूलो बाघ थियो के गर्ने गर्ने भयो,’ उनले भने, ‘त्यहीँ बिचमा बाघ जंगलतिर गयो। मौका छोपेर गाडीको स्पिड बढाएर भाग्न खोजेको तर बाघले हामीलाई झु’क्याएको रहेछ।’

त्यहीँ बेला बाघले एक्कासी उनीहरूको मोटरसाइकलमा झ’म्टियो। ‘ममीलाई झम्टिएर लग्यो,’ सन्तोषले भने, ‘त्यपसपछि ममीले एक पटक चिच्याएर ‘बाबू’ भन्नुभयो।’मोटरसाईकल सडकमा ढलिसकेको थियो। सन्तोषले पनि ममी–ममी भनेर कराए। रोए। तर उनको चि’त्कार बाघले सुनेन।‘कराएपछि ममीलाई छोड्ला कि, भनेर म धेरै कराएँ,’ सन्तोषले भने, ‘तर, पा’पीले के छोड्थ्यो, त्यो अन्धकार रातमा कता लग्यो कता?’सन्तोषका अनुसार बाघले सुरूमा उनैलाई टार्गेट गरेर झ’म्टिएको थियो। तर, उसको निसाना गुडिरहेको मोटरसाईकलका कारण चुक्यो। सन्तोषको दायाँ पट्टीको ज्याकेटको बाहुला च्यातिएको छ।सेतोपाटी बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *