जो बाइडेनले जर्ज फ्लोयडकी छोरीसँग माफी मागेका हुन् ? तस्बिरको वास्तविकता यस्तो छ

अन्तरास्टिय

एजेन्सी । नव निर्वाचित अमेरिकी राष्ट्रपति जो बिडेनले बच्चाको अगाडि घुँडा टेकेको एक तस्बिर अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । सो तस्बिरमा बिडेनले अमेरिकी प्रहरीद्धारा ले मा’रि’एका जर्ज फ्लोडकी छोरीसँग माफी मागेको भन्दै दावी गरिएको छ । थुप्ै नेपाली मिडियामा यो तस्विर सार्वजनिक गरिएको छ । नेपालका राजनीतिक दलका नेतालाई उनको यो शैली सिक्न भन्दै सुझाव पनि दिइएको छ ।अमेरिकी प्रहरीले मे २५ सन् २०२० मा अश्वेत नागरिक जर्ज फ्लोडको ज्यान लिएका थिए । त्यती बेलाको घटना पनि सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो । घटनाको विरोध गर्दै अमेरिकामा प्रदर्शन भएका थिए ।

बिडनेले फ्लोयडकी छोरीसंग माफी मागेको कुरा वास्तविक हो वा होइन भन्ने कुराको वास्तविकता पत्ता लगाइएको छ । सोशल मिडियामा बिडेनले फ्लोयडकी छोरीसँग माफी मागेको दावी गलत छ। सेप्टेम्बर १५, २०२० मा बिडेनको आधिकारिक इन्स्टाग्राम पृष्ठमा पोस्ट गरिएको फोटोमा ति बालिका फ्लोडकी छोरी हो वा बिडेनले माफी मागेको कुरा उल्लेख गरिएको छैन।नोभेम्बर, ३ २०२० मा अमेरिकी पूर्व फष्ट लेडि मिशेल ओबामाले पनि सो तस्बिर ट्विटरमा सार्वजनिक गरेकी छन् । जुन फोटो राष्ट्रपति पदको चुनाव अभियानमा लिइएको थियो। पूर्व अमेरिकी प्रथम महिला द्वारा साझा गरिएको फोटोमा पनि बालिकाको बारेमा उल्लेख गरिएको छैन ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

“रुटिन अफ कलेज बन्द” नामक फेसबुक पेजले शेयर गरेको उक्त तस्बिर र दाबी ५८ पटक शेयर भएको छ भने त्यसमा १३०० भन्दा बढी प्रतिक्रिया छन् । यसैगरी क्रिस्टीना पुरी नामक ट्वीटर ह्यान्डलबाट शेयर गरिएको सोही दाबी १५ पटक रिट्वीट भएको छ भने १७१ पटक प्रतिक्रिया जनाइएको छ । उक्त तस्बिर उज्यालो रेडियो नेटवर्कको आधिकारिक फेसबुक पेजले पनि शेयर गरेको छ । उनीहरु जस्तै कैयौं अन्य पेजहरु र सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले उक्त तस्बिर र दाबी शेयर गरेका छन् ।साउथ एसिया चेकले उक्त तस्बिरको ‘रिभर्स इमेज सर्च’ गरी तथ्य जाँच गर्ने क्रममा उक्त तस्बिरको मूल संस्करण अन्तर्राष्ट्रिय फोटो एजेन्सी गेट्टी इमेजजको वेबसाइटमा फेला पारेको छ । गेट्टी इमेजजको वेबसाइटमा राखिएको उक्त तस्बिर फोटोग्राफर चिप सोमोदेभिल्लाले अमेरिकी राज्य मिसिगनको डिट्रोइट शहरमा भाद्र २४, २०७७ गते खिचेको उल्लेख गरिएको छ ।

गेट्टी इमेजजले सि।जे। ब्राउन नाम गरेका बालकसँग कुरा गर्न बाइडेन घुँडा टेकेर बसेको बताएको छ । उक्त तस्बिर सँगै तिनै फोटोग्राफरका अन्य तस्बिरहरु (जस्तै सि.जे. ब्राउनका बुबा क्लिमेन्ट ब्राउनसँग बाइडेनकोको तस्बिर) पनि गेट्टि इमेजजको वेबसाइटमा छन् ।गेट्टी इमेजजमा राखिएको समाचार एजेन्सी एएफपीका फोटोग्राफर जिम वाट्सनको तस्बिरमा घुँडा टेकेर बसेका बाइडेन, सि।जे। ब्राउनका साथै बाइडेनका पछाडि उभिएका सि।जे। ब्राउनका बुबा क्लिमेन्ट ब्राउन पनि रहेका छन् ।त्यस बेलाको विभिन्न तस्बिरहरु र त्यहाँ उल्लेख गरिएको क्याप्सनको आधारमा हेर्दा बाइडेनले घुँडा टेकेर बोल्दै गरेको बालक जर्ज फ्लोयडकी छोरी नभइ थ्रि थर्टिन स्टोर नामक पसलका साहु क्लिमेन्ट ब्राउनका छोरा सि।जे। ब्राउन रहेको पुष्टि हुन्छ ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

Leave a Reply

Your email address will not be published. Required fields are marked *