सास फेर्न योग्य छैन काठमाडौं उपत्यकाको हावा, प्रदूषणको दर खतरानाक अवस्थामा

समाचार

काठमाडौं उपत्यका लगायतका केही शहरको हावा २४ सै घण्टा सास फेर्न लायक छैन । आइतबारदेखि काठमाडौं उपत्यकामा न्यूनतम तापक्रम दुई डिग्री सेल्सीयसमा झर्दा पीएम २.५ माइक्रोन वायू प्रदूषणको दर सोमबार ४ सय ३ माइक्रोग्राम पर मीटर क्यूव पुग्दा वायू प्रदूषणको दर खतरानाक अवस्थामा पुगेको हो ।

सोमबारको वायुप्रदूषण वर्षकै उच्चप्रदूषण भएको वातावरण विभागको तथ्याङकले देखाएको छ । सामान्य जीवनयापनमा पीएम २.५ माइक्रोनको धुलो विश्व स्वास्थ्य संगठनले २५ र सरकारले राष्ट्रिय मापदण्ड ४० माइक्रोग्राम पर मीटर क्यूव तोकेको छ । ४ सय भन्दा माथि काटे सरकारले कुनै पनि समधानका उपाय अपनाउन सकेको छैन । विकसीत देशहरुमा भने संकटकालनै लागु गरेर सर्तकता अपनाउने गरेको पाइन्छ । यो अवस्थालाई हेर्दा उपत्यकाको वायू २४ सै घण्टा स्वास फेर्न लायन नभएको वातवरणविद र स्वास्थयकर्मीहरु बताउँछन् ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

वायूको गुणस्तरमा सुधार ल्याउन वन तथा वातावरण मन्त्रालय चुप लागेर बस्नु गैरजिम्मेवार भएको वातावरणविद् भूषण तुलधारको आरोप छ । चिसोमा खुल्ला रुपमा आगो बाल्नु, प्रदूषणमा सवारीसाधन अनियन्त्रीत रुपमा गुड्नुले पीएम २.५ माइक्रोनभन्दा साना धुलो उत्पादन हुने गरेको उनको भनाई छ । तत्काल कढाइका साथ अनुगमन गरी प्रदूषण न्यूनीकरण गर्नु पर्ने खाँचो भएको उनको सुझाव छ । यसमा ३८ प्रतिशत वायू प्रदूषण सवारीसाधनकै कारण भएको प्रतिवेदनले देखाएको छ । सडकको धुलो पनि उत्तिकै जिम्मेवार हो ।

तापक्रम घट्दो अवस्थामा हुदाँ वायू प्रदूषणको दर उच्च भए पनि सरकारले न्यूनीकरणमा कुनै पनि कार्यक्रम ल्याएको छैन । वातावरण विभाग स्रोतले भने वायूप्रदूषण न्यूनीकरण गर्ने तत्काल कुनै पनि कार्यक्रम नभएको जनाएको छ ।

यातयात व्यवस्था विभागले मापदण्डनै तोकेर कालोधुवाँ फाल्ने सवारीलाई सडकमा गुड्न रोक लगाउने भने पनि कार्यन्वय शुन्य छ । उपत्यकाको सडकमा गुड्ने १२ लाख बढी सवारीसाधन मर्मत विनाका प्रदूषित रुपमा गुड्ने गरेको पाइएको छ । तातो हावालाई माथिको चिसो हावाले बाहिरीन नदिने (तापक्रम इन्र्भसन), धुवाँ बाहिर जान नपाउने , काठमाडौ खाल्डो भएकाले दुई हजार आठ सय मीटर भन्दा माथि वायू वग्न नपाउदा प्रदूषण बढेको विज्ञ बताउछन् ।

उसै त काठमाडौं उपत्यकामा वायू प्रदूषणको दर बढ्दो अवस्थामा छ तर पछिल्लो साता बढेको चिसोले झन प्रदूषण बढाएको भन्दै सचेत हुनु जरुरी भएको छ । सरकारी मापदण्ड भन्दा वायूको प्रदूषणदर पाँच गुणासम्म बढी पुगेकाले ज्यानमारा वायूमा उपत्यकाबासी स्वासप्रश्वास गर्न बाध्य छन् ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

साना धुलोको कण फोक्सो हुदै रक्तनली सम्म पुग्दा मानवस्वस्थ्यमा गम्भिर असर पर्ने भएकाले सचेत भएर हिड्डुल गर्न स्वास्थ्यकर्मीहरुले सुझाव दिएका छन् । त्रिवि शिक्षण अस्पतालका छातिरोग विशेषज्ञा डाक्टर करवीरनाथ योगीका अनुसार धुलो खादाँ मानिसको फोक्सो लगायत संवेदनशील अंगमा असर पुग्ने गर्दछ । विहान र वेलुकी कार्यालयको समयमा प्रदूषणको दर बढी हुने गर्छ । वायूप्रदूषण दर दैनिक बढ्दो क्रममा भए पनि तात्कालिन र दिर्घकालीन नियन्त्रणमा पहल थाल्नु पर्ने डाक्टर योगीको भनाई छ ।

वातावरण संरक्षण ऐन, २०५३ र वातावरण संरक्षण नियमावली, २०५४ लाई सरकारले बेवास्ता गर्दै खिल्ली उडाएको छ । सडक विभाग, यातयात व्यवस्था विभाग र वातावरण विभाग प्रदूषण नियन्त्रणमा मुख्य जिम्मेवार भए पनि काम शुन्य जस्तै रहेको छ ।

वायूप्रदूषणबाट वच्न

१. मर्निङ वाक नगर्नु गरे पनि सडक भन्दा टाडा खुल्लास्थान गर्नु२. माक्स लगाएर हिड्नु३. विहान ९ बजे भन्दा अगाडी चलहपहल हुने क्षेत्रमा ननिस्कनु४. फोहर जलाउन नदिनु५. धुलो सरसफाइमा आफैले पनि सहयोग गर्नु६. सकेसम्म जोगिएर बस्नु७. प्रदूषित गाडी सञ्चालन नगर्न र नगराउन

Leave a Reply

Your email address will not be published. Required fields are marked *