काठमाडौ । कञ्चनपुर घटनामा घाइते नरेशले दिएको बयान झुटो भएको खुलेको छ । उनले घरयासी सामान किन्न भारत गएर फर्किदा आफुलाई गो’ली ला’गे’को बयान दिएका थिए ।
तर उनीसंगै रहेका अन्य साथीले दिएको वयान पछि घटनाको वास्तविकता खुलेको छ । कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–१ का १६ वर्षीय नरेश सुनारलाई लागेको गो’ली ‘भारतीय वन रक्षक’को भएको खुलेको छ ।
नरेश र उनका साथी घरायासी सामान लिन नभई काठ लिन भारतीय जंगल गएको रहस्य पनि खुलेको छ । नरेशले यस अघि दिएको बयानमा घरायासी सामान लिन गएर फर्किदा घटना भएको बयान दिएका थिए ।
दोधारा–चाँदनी नगरपालिका–१ स्थित नेपाल–भारत सीमावर्ती जंगल गडिगोठमा काठ त’स्’करी गर्न गएका माथि गो’ली हा’नि’एको खुलेको छ । घटनामा तीन जना नेपाली परेका थिए । जसमध्य नरेश घाइेत छन् ।
दोधारा–चाँदनी–१ का नरेश सुनार घाइते भएका हुन्। सुनारसँगै सोही स्थानका २६ वर्षीय दीपक धामी र ३५ वर्षीय बब्लु चन्द पनि गएका थिए। उनीहरुले काठ ल्याउनका लागि जंगल गएको बयान दिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी अमर बहादुर थापाले बताए।