बर्दियामा पूर्वराज्यमन्त्री सवार गाडी दुर्घटना, ५ जना घाइते

समाचार

काठमाडौं – पूर्वराज्यमन्त्री सवार गाडी बर्दियामा दुर्घटना हुँदा पाँचजना घाइते भएका छन् ।पूर्वजलस्रोत राज्यमन्त्री विनोदकुमार साह सवार बा २१ च ४७४६ नम्बरको गाडी आज सोमबार दिउँसो बर्दियाको बाँसगढी नगरपालिका- १, मौरीखोला र उन्तिसखोलाको बीचमा दुर्घटना भएको हो ।

दुर्घटनामा पूर्वराज्यमन्त्री साहसहित उनकी श्रीमती लक्ष्मी शाह, विन्द्रासैनी नगरपालिका- २ दैलेखका सूर्यबहादुर शाही, आठबिस नगरपालिकाका पदम माझी र चालक विनय भण्डारी घाइते भएको प्रहरीले जनाएको छ ।प्रहरीको अनुसार घाइतेहरूको अवस्था खतरामुक्त रहेको छ । गाडी सडकदेखि ६० मिटर तल खसेको प्रहरीले जनाएको छ।***भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला***

Leave a Reply

Your email address will not be published. Required fields are marked *