महात्मा गान्धीको जन्मजयन्तीको अवसरमा भारतद्वारा नेपाललाई ४१ एम्बुलेन्स र ६ बस उपहार प्रदान

समाचार

काठमाडौं, १६ असोज । भारतले महात्मा गान्धीको १५१ औं जन्म जयन्तीको अवसर पारेर नेपालका ३० जिल्लाका सरकारी तथा गैरनाफामूलक संघ संस्थालाई ४१ एम्बुलेन्स र ६ बस उपहार स्वरुप प्रदान गरेको छ ।

सदाको बर्षझैँ यो बर्षपनि भारतले नेपाललाई सहायतामा निरन्तरता दिँदै सहयाेग स्वरूप नेपाललाइ एम्बुलेन्स र बस सहयाेग गरेकाे नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राले बताउनुभयो ।

बिगतका बर्षहरुमा पनि स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा काम गरिरहेका विभिन्न सरकारी, गैरसरकारी एवम् गैरनाफामूलक संघ संस्थाहरुलाई भारतले सहयोग गर्दै आएको थियो ।

भारत सरकारले दुर्गम जिल्लाका विभिन्न क्षेत्रमा आधारभूत स्वास्थ्य पहुँच विस्तार गर्न, दर्गम जिल्लाका विद्यार्थीहरुलाई शिक्षाको पहुँच पुर्याउने उदेश्यले विभिन्न तवरबाट सहयोग गर्दै आएको छ । नेपाललाई भारतीय राजुतावास मार्फत सन् १९९४ देखि हालसम्म झण्डै ८२३ वटा एम्बुलेन्स उपलब्ध गराइसकेको छ ।

राजदूतावासले यो वर्ष पहिलो पटक तीन प्रकारका एम्बुलेन्स प्रदान गरेको छ । यी तीनै प्रकारका एम्बुलेन्सहरु नेपाल सरकारको मापदण्ड अनुसार निर्माण गरिएका हुन् ।

यसअन्तर्गतका एम्बुलेन्समा ट्राभलिङ्ग भन्टिलेटर, इसिजि तथा अक्सिजन मोनिटर, अटोमेटेड एक्सटर्नल डिफिब्रिलेटर, नेबुलाइजर सेट, रक्तचाप जाँच उपकरण, स्टेथोस्कोप, एम्बु ब्याग, ट्युब तथा काथेटर, व्हीलचेयर, स्ट्रेचर, रेडियो सञ्चार यन्त्र तथा फोर जी मोबाइल डिभाइस आदि हुनेछन् ।

एम्बुलेन्समा भन्टिलेटर बाहेक यी सबै सुविधा हुनेछन् । एम्बुलेन्समा भने फोर व्हील प्रणाली जडान भएकाले यी एम्बुलेन्सहरु पहाडी तथा हिमाली क्षेत्रका लागि उपयुक्त छन् ।

आज छ जिल्लाका शैक्षिक संस्थाहरुलाई वितरण गरिएका ६ बस गरी हालसम्म दूतावासले नेपालभर १६० वटा विद्यालय बस उपहार स्वरुप प्रदान गरिसकेको छ ।

नेपालले स्वास्थ्यको क्षेत्रमा विशेषगरी आकस्मिक चिकित्सा सेवाको क्षेत्रमा गरेको प्रयासमा भारत सरकारले जारि राखेको निरन्तर सहयोग अनुरुप आज उक्त एम्बुलेन्स तथा बसहरु प्रदान गरिएको हो । यसले विद्यार्थीहरुलाई आफ्नो सिकाई स्थलसम्मको पहुँचलाई सरल बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *