तपाईंलाई रुघा, मर्की वा कोरोना भाइरस के लागेको हो? कसरी थाहा पाउने?

स्वास्थ्य

नेपालमा अहिले हिउँद सकिएर न्यानो सिजन सुरू हुने बेला भएको छ। त्यसमाथि दिनदिनै मौसम र तापक्रम परिवर्तन भइरहेकाले धेरैलाई रुघाखोकी लागेको छ। कसैलाई ज्वरोसहित मर्की (फ्लु) पनि देखिएको छ।संसारभर कोरोना भाइरसको संक्रमण फैलिरहेका बेला आफूलाई सामान्य रुघा लाग्दा पनि धरैलाई चिन्ता हुन्छ- कतै मलाई पनि कोरोना भाइरसको संक्रमण त भएन।तपाईंलाई देखिएका लक्षण रुघाखोकी, मर्की वा कोरोना भाइरस के-को हुन सक्छ भनेर कसरी थाहा पाउने तविश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले यी तीनै रोगका प्रारम्भिक लक्षणहरू छुट्याएको छ। उक्त वर्गीकरणअनुसार रुघा, मर्की र कोरोना भाइरसका केही समान लक्षण छन्।रुघाखोकीका कतिपय लक्षण कोरोना भाइरससँग मिल्दैनन्।उदाहरणका लागि, तपाईंलाई हाछ्यूँ आइरहन्छ, नाकबाट सिगान बगिरहन्छ वा नाक टालिएको छ भने, त्यो कोरोना भाइरसको लक्षण होइन। यी कुनै पनि लक्षण कोरोना भाइरस लागेका बिरामीमा देखिँदैनन्।त्यस्तै कोरोना भाइरस हुँदा प्रायः टाउको दुख्ने वा वाकवाकी लाग्ने पनि हुँदैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *