पारसको जन्मदिनमा उनकै प्रिय मानिसले दिए यस्तो अनौठो शुभकामना

समाचार

काठमाडौ । पुस १५ गते पूर्व युवराजधिराज पारस शाहको जन्मदिन थियो । पारसको जन्मदिनकै दिन धेरैवटा नेपाली चाडपर्वसमेत परेको थियो । त्यसैले पनि उनको जन्मदिन छाँयामा परेको हो । नेवार समदायको योस्मरी पुन्ही,गुरूङ्गहरूको तमु ल्होसार,किराँतहरूको उँधौली पर्व र ब्राम्हणहरूमध्ये धेरैको कूलदेवता पूजा हुने धान्य पूर्णिमाको दिन थियो ।

मुलुकबाट राजतन्त्र हटेको पनि झण्डै डेढ दशक भएको छ । पूर्व युवराज मनमौजी जीवन बिताइरहेका छन् । प्रधानमन्त्रीको असंवैधानिक र अलोकतान्त्रिक कदम पछि राजतन्त्र पक्षधरहरूले विभिन्न कार्यक्रम र प्रदर्शनहरूको आयोजना गरिरहेका छन् । त्यहि क्रममा पारसको जन्म दिनको अवसरमा सामाजिक सञ्जालमा पोष्टिएको एउटा भावना अर्थपूर्ण ठानिएको छ ।

अराजक र लठुवा पाराले हिँडेका पारसलाई राजतन्त्र पक्षधरहरूले लेखेको शुभकामना सन्देशमा भनिएको छ ‘सँधै मातापिताले देखाएको बाटोमा हिड्नु ! देश र जनतालाई सधैं माया गर्नु ! भावी राजमाता हिमानी सरकारको समाजसेवा काममा सधैं साथ दिइरहनु ! जन्मदिनको शुभकामना पारस सरकार १! हेप्पी बर्थडे !’ जनआस्थाले लेखेको छ ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

Leave a Reply

Your email address will not be published. Required fields are marked *