कस्ता व्यक्तिले दूध खाने, कस्ताले नखाने ?

रोचक

दूधलाई प्राचीन खाद्यपदार्थका रूपमा लिइन्छ । यो निकै पोसिलो खाद्यपदार्थ मानिन्छ । जुन कुरा प्रमाणित पनि भइसकेको छ । यसबाट प्रोटिन, क्याल्सियम, भिटामिन, क्यलोरिज र फ्याट पाइन्छ । यसका कैयौँ फाइदा हुँदाहुँदै पनि स्वस्थ मान्छेले भने दूधको प्रयोग नगर्दा राम्रो हुन्छ । किनभने दूधका पनि केही बेफाइदा छन् :

कसले खाने ?

बढ्दो उमेरका बालबालिकाका लागि दूध अनिवार्य खाद्यपदार्थ हो । त्यस्ता बालबालिकाका लागि न्युट्रेसनको आवश्यकता हुने भएकाले दूध निकै महत्वपूर्ण हुन्छ । कुपोषणको सि’कार भएका व्यक्तिले पनि दूध खानुपर्छ । कतिपयलाई थोरै खएर धेरै क्यालोरी चाहिने हुन सक्छ । त्यस्ता व्यक्तिका लागि पनि दूध निकै राम्रो हुन्छ । किनभने दूधमा अत्यधिक क्यालोरीको मात्रा हुन्छ ।

कसले नखाने ?

स्वस्थ मानिस अर्थात् हेल्दी एडल्टले भने दूध नखाँदा राम्रो हुन्छ । आफैँमा स्वस्थ व्यक्तिले दूधको प्रयोग गर्दा ओभर न्युट्रेसनको समस्या हुन सक्छ । त्यो किनभने हेल्दी एडल्टका लागि स्टक क्यालोरीको अवश्यकता हुँदैन ।त्यस्तै, मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोल भएका मानिसलाई दूधको प्रयोग असुरक्षित मानिन्छ ।

किनकी दूधबाट पाइने ५० प्रतिशत क्यालोरी स्याचुरेटेड फ्याटबाट प्राप्त हुन्छ । दैनिक रूपमा मानिसलाई खानाबाट करिब सात प्रतिशत क्यालोरीको लिनुपर्ने हुन्छ । यस्तो क्यालोरी अन्य खाद्यपदार्थबाट पनि प्राप्त गर्न सकिन्छ । तर, दूधबाट मात्रै तीन प्रतिशत क्यालोरी प्राप्त हुन्छ । जुन हानिकारक सावित हुन सक्छ ।

योपनि

दुधसँग खान नहुने १२ खानेकुराहरु जसका बारेमा थाहा नपाएर हामी बिरामी हुन्छौ

शरीरको अवस्था हेरी थोरै मात्र दूध खानचाहिँ सकिन्छ ।दूधमा स्याचुरेटेड फ्याट बढी पाइने भएकाले यसबाट उच्च रक्तचाप, कोलेस्ट्रोल, तौल बढ्न सक्छ । अझ यस्ता समस्या भएका व्यक्तिले त दूधको प्रयोग नै नगर्दा राम्रो हुन्छ । किनभने दूधकै कारणले यस्तो समस्या निको नहुने र लामो समयसम्म दुःख दिने हुन सक्छ ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

स्वस्थ व्यक्तिले खानामा बोसोकोे मात्रा कम लिनुपर्छ । तर, दूधमा भने फ्याट र क्यालोरी अत्याधिक हुने भएकाले त्यस्ता मानिसले दूधको प्रयोग नगर्दा राम्रो हुन्छ ।भैँसीको दूध अझ बढी हा’निकारक मानिन्छ । किनभने यसमा गाईको दूधमा भन्दा डबल फ्याट हुन्छ । जसले नराम्रो असर गर्न सक्छ ।

के खाने ?

दूधको साटो दही र महीको प्रयोग गर्नुपर्छ । किनभने दहीमा फ्याटको मात्रा कम हुन्छ र मोहीमा त अझ कम हुन्छ ।लेस क्यालोरी र फ्याट भएको दूध नियमित प्रयोग गर्दा पनि कुनै असर गर्दैन ।

नो फ्याट मिल्क प्रयोग गर्दा त राम्रो हुन्छ । तर, यस्तो प्रकारका दूध नेपालमा उपलब्ध हुन गाह्रो छ ।हामीले फलफूल र सगसब्जीबाट पनि क्यालोरी प्राप्त गर्न सक्छ । त्यसैले दूधको साटो यस्ता प्लान्ट फुडको प्रयोग गर्दा राम्रो हुन्छ । प्रयोग गर्दा दूधको क्वालिटी र एमाउन्टमा विशेष ध्यान दिनुपर्छ । नत्र ओभर न्युट्रेसनको समस्या पनि हुन सक्छ ।

विचार गर्नुपर्ने कुरा

कतिपयले राति खाना खाइसकेपछि दूध खाने गर्छन् । जुन निकै अस्वस्थकर मानिन्छ । किनभने रातिको वेला शरीरलाई कम क्यालोरी वा खानाको आवश्यकता पर्छ । र, दिनभरको खानाले हामीलाई पर्याप्त क्यालोरी पुगिसकेको हुन्छ । त्यसैले खानापछि पुनः यसरी दूध खाँदा विभिन्न समस्या निम्तन सक्छन् ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

Leave a Reply

Your email address will not be published. Required fields are marked *