रणवीर र आलियाको विवाहका लागि जयपुर पुगे दुई परिवार, आलियाले दीपिका र रणवीर सिंहलाई पनि बोलाइन्

बलिवुड

एजेन्सी । बलिउडका कपुर र भट्ट परिवार जाडो छल्न जयपुर र रणथंभर सेरोफेरोको इलाकामा पुगेका छन् । रणवीर कपुर र आलिया भट्टको परिवार अहिले रणथंभरस्थित एउटा रिसोर्टमा बसिरहेको छ । रणवीर र आलिया केही वर्ष देखि सम्बन्धमा छन् । अघिल्लो वर्ष अभिनेता तथा रणवीरका वुवा ऋषी कपुरको निधनका कारण उनीहरुको विवाह रोकियो भने अहिले कोरोना जोखिमका कारण विवाह हुन सकेको छैन ।

तर अब विवाहको तयारी सुरु गरिएको छ । बलिउड स्रोतका अनुसार रणवीर कपुर र आलिया भाटको बिहे छिनोफानो गर्न दुई परिवार त्यहाँ पुगेका हुन् । रणविरको साथमा आलिया पनि विमानस्थलमा देखिएकी थिइन् ।

उनीहरु निजि जेटमा त्यहाँ पुगेका छन् । अहिले भने उनीहरुको बिहेको सम्भावना बलियो छ । आलियाका काकाले चाहिं बिहेबारे अहिले नै यकिनका साथ केही भन्न नसकिने बताए पनि बिहे निश्चित भएमात्र आफूले सबै कुरा मिडियालाई बताउने जनाए ।स्रोतका अनुसार रणवीर र आलियाको बिहेलाई यतिबेला करण जोहरले गोप्यरुपमा व्यवस्थापन गरिरहेका छन् । आलियाले आफ्नो जीवनको यो महत्वपूर्ण क्षणको साक्षी बस्न रणवीर सिंह र दीपिका पादुकोणलाई रिसोर्टमा बोलाएकी छन् । उनीहरु पनि रिसोर्टमा पुगिसकेका छन् । रणवीर कपुर दीपिकाका पूर्व प्रेमी हुन् ।

सोही रिसोर्टमा आफ्नो टीम लिएर करण पनि पुग्दैछन् । केही दिनदेखि नै धर्मा प्रोडक्सनको टीम रणथंभर र जयपुरमै बसिरहेका थिए । उनीहरु सबै बिहेको तयारीमा जुटेका छन् । यसबारेमा नीतू कपुर, आलिया भाट, सोनी राजदान र रणवीरले केही बोलेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *