रमेश प्रसाईले श्रीमती नन्दाको आखाँको उपचार गरिदै – रमेश रुदै भने

समाचार

काठमाडौँ–प्रधानमन्त्री केपी शर्मा ‌ओली मंगलबार बेलुका राष्ट्रपति विद्यादेवी भण्डारीसँग दुई घन्टा भेटी बालुवाटार फर्केका छन्। शीतलनिवास स्रोतका अनुसार मंगलबार बेलुका ७ बजेर ५ मिनेटमा शीतलनिवास प्रवेश गरेका प्रधानमन्त्री ओली नौ बजेमात्र शीतल निवासबाट बाहिरिएका छन्।

नेकपा विवाद र अस्थीर राजनीतिक घटनाक्रमबीच नेपाल भ्रमणमा आएको चिनियाँ टोलीले राष्ट्रपति, प्रधानमन्त्रीलगायत नेकपाका नेताहरुसँग भेट गरिरहेकै बेला प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीसँग भेट्न शीतलनिवास पुगेका हुन्।

पार्टीको राजनीतिमा विशेष गरी ओलीले गरेका हरेक निर्णयमा सिधै तोक लगाउने भण्डारीको भूमिमा चर्काे आलोचना हुँदै आएको छ। त्यतिमात्रै होइन चिनियाँ टोलीले नेपाल ओर्लने बित्तिकै सबैभन्दा पहिले भण्डारीसँग नै भेटवार्ता गरेको थियो। यसबाट पनि थाहा हुन्छ कि नेकपाको आन्तरिक राजनीतिमा भण्डारीले कत्तिको पहुँच र हस्तक्षप गर्छिन भन्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *