मोरङमा पाहुना गएका किशोरको कसरी भयो अकस्मात मृत्यु?

समाचार

सञ्जीप भण्डारी मोरङमा बालवालिका र किशोर किशोरीबिच चर्चित नाम हो । सानै उमेरमा समाजसेवा गर्न रुचाउने भण्डारीको अकस्मात मृत्यु भएको छ । उनको पाहुना गएको अवस्थामा निधन भएको हो ।

मोरङको पथरीशनिश्चरे १० जिरिखिम्ती घर भएका बालअधिकारकर्मी सञ्जीप भण्डारीको निधनले प्रश्न उठेको छ । उनको अकस्मात मृत्युप्रति परिवारले शंका गरेका छन् । यसको निष्पक्ष छानविन गरिनु पर्ने परिवारले माग गरेको छ ।

उनी पथरीशनिश्चरे १० नयाँ मंगलबारेका युवराज वास्कोटाको घरमा पाहुना गएका थिए । बेलुका ठिकै अबस्थाका भण्डारी बिहान मृत भेटिएका थिए । १९ वर्षीय भण्डारीको बुधबार अन्तिम दाह संस्कार गरिएको छ ।

उनी बाल सञ्जाल मोरङका पूर्व सदस्य थिए । यस्तै पथरी शनिश्चरे नगरका पूर्व अध्यक्ष रहेका भण्डारी सानै उमेरदेखि बालअधिकारका क्षेत्रमा सक्रिय थिए । सामाजिक सक्रियताका आधारमा उनी प्रदेशमा किशोर किशोरी र बालवालिकामाझ लोकप्रिय थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *