३ बर्ष देखि मरेकी आमाको शरीर फ्रिजमा राखेर आमाको नाममा आउने पेन्सन खान्थे…

रोचक

भारतमा एक व्यक्तिले आमाको शव तीन वर्षसम्म फ्रिजभित्र लुकाएर राखेको पाइएको छ । छिमेकी र नातेदारले समेत थाहा नपाउनेगरी आमाको शव फ्रिजमा राख्नुको कारण भने अचम्मको छ ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

कोलकाताका शुभव्रता मजुमदारले अरु कारणले नभई आमाको नाममा राज्यले दिने पेन्सन खानका लागि शवलाई फ्रिजमै राखेका हुन् ।आमाको शव सड्नबाट जोगाउन उनले केमिकल प्रयोग गरेका थिए ।
मृत्यु भएकी आमाको पेन्सन खान उनले यो जुक्ति निकालेको प्रहरीको प्रारिम्भक अनुसन्धानले देखाएको छ । तर उनले मृत शरीर फ्रिजभित्र राखे आमाको पुर्नजन्म हुने विश्वासमा यस्तो गरेको जिकिर गरेका छन् ।

उनको यस्तो हर्कत एक छिमेकीले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । उनलाई कोलकाता प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ ।अभियुक्त छाला प्राविधिक भएकाले मृत शरीर जोगाउने तरिका उनलाई राम्रोसँग थाहा थियो । त्यसैले उनले केमिकलको प्रयोग गरी आमाको शवलाई सुरक्षित राखेका थिए ।

सन् २०१५ अप्रिलमा शुभव्रताकी आमाको मृत्यु भएको थियो । तर, उनले आमाको मृत्यु भएको हल्ला कतै पनि गरेनन् । उनले सुटुक्क शवलाई फ्रिजभित्र राखे ।

त्यसयताका तीन वर्ष उनले हरेक महिना आमाको खाताबाट पेन्सनबापत आएको पैसा निकाले । त्यसका लागि उनले हरेक महिना मृत आमाको औंठाछाप लगाउँथे र डेविटकार्डमार्फत पैसा झिक्थे । उनले मासिक ३० हजार रुपैयाँ पेन्सल पाउँथिन् ।

शुभव्रताका ९० वर्षीय बाबु पनि उनीसँगै बसिरहेका छन् र छोराको यो सबै हर्कत उनलाई थाहा छ । तर, उनको खराब स्वास्थ्यका कारण प्रहरीले पक्राउ भने गरेन ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

Leave a Reply

Your email address will not be published. Required fields are marked *