आज पनि बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

समाचार

काठमाडौँ- नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १०० रूपैयाँले बढेको छ ।मंगलबार प्रतितोला ९४ हजार १०० रूपैयाँ कायम भएकोमा आज बुधबार ९४ हजार २०० रूपैयाँ कायम महासंघले जनाएको छ ।यस्तै तेजाबी सुन ९३ हजार ७०० मा कारोवार भइरहेको छ ।यसैगरी चाँदीको मूल्य पनि आज बढेको छ । आज प्रतितोला १ हजार ३०५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।,,,भिडियो हेर्न तला क्लिक गर्नुहोला,,,

Leave a Reply

Your email address will not be published. Required fields are marked *