कुखुराले भरिएको गाडी सडकमा पल्टियो, घाइते चालकलाई बचाउन छोडेर गाउँलेहरु कुखुरा लुट्न थाले

समाचार

एजेन्सी । मानिस यति स्वार्थी हुन्छ की अरुलाई अप्ठेरोमा पारेर आफुलाई फाइदा हुने मौकाको पर्खाइमा हुन्छ । यस्तै उदाहरण हालै एक घटनाले देखाएको छ । कुखुराले भरिएको एउटा गाडी दुर्घटना भयो । तर स्थानिय बासीन्दा सो गाडीका चालकको उद्दार गर्नु भन्दा पनि कुखुरा लुट्न ब्यस्त भए ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

मानिसको सोँच र ब्यवहार माथि लाजमर्दो उदाहरण दिने यो घटना हालै भारतमा भएको हो । मध्य प्रदेशको बड़वानीमा भएको यो घटना अहिले चर्चित भएको छ । कुखुराले भरिएको सानो पिक अप वाहन पल्टिए र कुखुराहरू छरिए । त्यस पछि, वरपरका गाउँलेहरूमा कुखुरा लुट्ने प्रतिस्पर्धा चल्यो । यो मात्र होईन, दुईदेखि तीन जना मानिस माटरसाइकल लिएर कुखुरा लुट्न आइपुगे ।

ड्राइभर भन्छन् कि गाडीमा एक हजार कुखुरा थिए। अहिले मुस्किलले ३ सय फेला पारेको छु । स्थानियलाई त्यस्तो नगर्न उनले बारम्बार आग्रह गरे । तर उनको कुरा कसैले पनि सुनेन । प्रहरी घटनास्थलमा नपुगेका कारण उनले कसैको सहयोग पनि पाएनन् । कुखुराले भरिएको पिकअप वाहन सेढ्वा कुशलगढ़ राज्य राजमार्गको डोन्डवारा गाउँ नजिक पल्टिएको थियो ।

गाडीका चालक सनाउल्लाहका अनुसार उनी मालेगांव महाराष्ट्रबाट कुखुरा लिएर खिलचीपुर जाँदै थिए। त्यसपछि एउटा गाई डोन्डवारा गाउँको सडकमा आइपुग्यो । गाईलाई बचाउन खोज्दा गाडी अनियन्त्रित रुपमा पल्टियो। मानिसहरु चालकलाई बचाउन तिर लागेनन् । उनीहरुले मौकाको फाइदा उठाउँदै सबै कुखुरा लिएर हिँडे ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

Leave a Reply

Your email address will not be published. Required fields are marked *