आज फेरी सुनको मूल्य घट्यो, कतिमा कारोबार हुँदैछ ?

समाचार

आज (मंगलबार) नेपाली बजारमा सुनकाे मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनकाे मूल्यमा प्रतितोला ८ सय रुपैयाँले गिरावट आएको हो ।मंगलबार छापावाला सुन प्रतितोला ९४ हजार एक सय रुपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएको छ । सोमबार छापावाला सुन प्रतितोला ९४ हजार ९ सय रूपैयाँमा काराेबार भएको थियो ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९३ हजार ६ सयमा रुपैयाँमा कारोबार भइरहेको छ ।त्यसैगरी, मंगलबार चाँदीकाे मूल्य पनि ताेलामा १५ रूपैयाँले घटेर प्रतिताेला एक हजार ३ सय रूपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएको छ । सोमबार चाँदी एक हजार ३ सय १५ रूपैयाँ कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *