महिलाको बसाईबाट यसरी थाहा पाउन सकिन्छ महिलाको बानी

रोचक

काठमाण्डौ । भनिन्छ महिलाहरुको आनीबानी थाहा पाउन जो कोहीको बसको कुरा हैन । किनभने महिलाहरु एकनासका स्वभावका हुँदैनन् । त्यसैले उनीहरुको बानीको बारेमा ठ्याक्कै यही बानी नै महिलाहरुको सामान्य बानी हो भनेर भन्न कठिन् पर्दछ । तर आज हामी तपाईलाई महिलाहरुको बानी कसरी सजिलै जान्न सकिन्छ भन्ने बारेमा जानकारी दिनेछौँ । महिलाहरुको बानीको बारेमा जान्नकोलागी उनीहरुको बसाईलाई ध्यान दिनु पर्दछ ।

यो सुन्दा अचम्म लाग्न सकछ तर यो साँचो हो कि महिलाहरुको बानी सजिलै जान्नकोलागी उनीहरुको बसाईलाई नियाले पुग्दछ । यस अर्थमा के तपाईलाई कुन तरिकाले बस्ने महिलाहरुको आनीबानी कस्तो हुन्छ भन्ने कुरा थाहा छ ? यदि छैन भने आज हामी तपाईलाई जानकारी दिनेछौँ । कस्तो प्रकारले बस्ने महिलाको स्वभाव कस्तो हुन्छ भन्ने कुरा उनीहरुको बस्ने तरिकाबाट थाहा पाउन सकिन्छ ।

दुबै गालामा हात राखेर बस्ने महिलाः जो महिलाहरु यस प्रकारले बस्छन् ति महिलाहरु अगाडि बढ्न चाहने खालका हुन्छन् । त्यस्ता महिलाहरुले जीवनमा आउने समस्याहरुलाई नजरअन्दाज गरिदिन्छन् । उनीहरु सोच्छन्, समस्या स्वयं आफैँ हराएर जान्छ । उनीहरुलाई जीवनमा रमाइलो गर्न मन लाग्छ । उनीहरु गम्भीर स्वभावका हुँदैनन् । किनभने उनीहरुको सोच जीवन एउटा मात्रै हो भन्ने किसिमको हुन्छ । किनभने उनीहरु जीवनामा सबै थोक गर्न रुचाउँछन् ।

खुट्टा माथि खुट्टा राखेर बस्ने महिलाः जो महिला यस प्रकारले बस्छन्, उनीहरु चञ्चल स्वभावका हुने गर्दछन् । त्यति मात्रै होइन,उनीहरु केहि पनि नसोची फ्याट्ट बोलिदिन्छन् । उनीहरु दिमागमा जे आयो फ्याट्ट बोलिहाल्छन् । यस्ता महिलाहरुको भनाईको अर्थलाई सुन्नेहरुले खासै चासोको रुपमा लिंदैनन् । र यस्ता महिलाहरुको भनाईको अर्थ हुँदैन भनेर त्यति ध्यान दिंदैनन् ।

सिधा बस्नेः जो महिला एकदम सिधा बस्छन्, उनीहरु धेरै वुद्धिमानी हुन्छन् । उनीहरु चुनौति लिन मन पराउँछन् । उनीहरु एकअर्कासँग घुलमिल गर्न अत्याधिक रुचाउने किसिमका हुन्छन् । उनीहरुका धेरै साथीहरु पनि हुन्छन् । यस्ता महिलाहरु जीवनमा धेरै अगाडि बढ्न सक्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *