काठमाडौं । विश्वभर कोरोना भाइरसको डर फैलिएपछि अहिले विश्व लकडाउनमा छ । यो बीचमा मान्छेहरुले कहिल्लै देख्न नपाएका दृश्यहरुको अवलोकन पनि गर्न पाएका छन् । पछिल्लो पुस्ताले नदेखेको प्राकृतिक सौन्दर्यता देख्न पाइएको छ ।आफ्नो घरबाट नदेखिएको हिमाल अहिले दशकौंपछि देखिएको छ ।
समुन्द्रमा वर्षौपछि ह्वेल माछा वा डल्फिन देखिएको छ ।विश्वव्यापी कोरोना भाइरसलाई ध्यानमा राख्दै, सावधानीपूर्वक लकडाउनको रूपमा, सामाजिक सञ्जालमा अहिले प्रकृतिको एकपछि अर्को अद्भुत दृश्यहरू देखिएका छन् । यस्तै एक आश्चर्यजनक दृश्य मेक्सिकोबाट आएको छ, जहाँ पहिलोपटक अकापुल्कोको समुद्री किनारबाट समुद्री छालहरूसँगै नीलो बत्ती बाहिर निस्किएर आएको देखियो । एक मिडिया रिपोर्ट अनुसार ६० बर्षमा पहिलो पटक, यो एक अनौंठो दृश्य देख्न पाइएको हो ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,
यसको मुख्य कारण समुद्री पानीको प्रदूषण स्तर कम भएर हो ।परिणामस्वरूप समुद्री छालहरूले रंगीन बत्तीहरू उत्सर्जन गरे । यो एक अद्वितीय वैज्ञानिक घटना हो । जसलाई बायोलोमिनेसेन्ट भनिन्छ । यसको अर्थ जीवको शरीरबाट प्रकाश निकाल्नु हो । भनिन्छ कि यो घटना गत सोमबारको हो, तर यसको तस्विरहरू अहिले सामाजिक सञ्जालमा भाइरल भएका छन् । विज्ञहरूका अनुसार यस्ता घटनाहरू पानीमा सूक्ष्मजीवहरूको जैविक रसायनिक प्रतिक्रियाको कारण मात्र हुन्छन् ।