एजेन्सी । उमेरले ९५ बर्ष पुगेकी एक बृद्ध महिला जिम्नास्ट जोहाना क्वासको भिडियो अहिले विश्वभर भाइरल बनेको छ । भिडियोमा महिला जिम्नास्टको फुर्ति र सक्रियता देखेर थुप्रै मानिसहरु अचम्ममा परेका छन ।९५ बर्षको उमेरमा पनि यति फुर्तिलो र तन्दुरुस्त कसरी रहन सकिन्छ भन्ने विषयले मानिसहरुमा कौतुहलता जगाएको छ । भिडियोमा देखिएको उनको करतब कुनै जवान जिम्नास्ट भन्दा कम छैन ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,
जोहाना क्वासले सन २०१२ मा सबैभन्दा बढी उमेरको महिला जिम्नास्ट विधामा वल्र्ड गिनिज रेकर्ड बनाइसकेकी छिन । अमेरिकी बास्केटबल खेलाडी रेक्स चपमेनले ट्विटरमा भिडियो पोस्ट गर्दै लेखेका छन, ‘जोहाना क्वासका लागि उमेर केवल अंक मात्रै हो ।’ विश्वभरका ट्विटर प्रयोगकर्ताहरुले भिडियो उपर थुप्रै कमेन्ट गरेका छन । धेरैजसोले जोहाना क्वासको फुर्तिलो करतबले निकै प्रेरणा मिलेको बताएका छन ।यो भिडियो अहिलेसम्म ८ लाखभन्दा बढी पटक हेरिएको छ । त्यस्तै भिडियोलाई २७ हजार भन्दा बढीले लाइक गरेका छन । त्यसैगरी ६ हजार भन्दा बढीले भिडियोलाई रिट्विट गरेको प्रिभेन्सन डट कमले जनाएको छ ।
भिडियोसहित
Meet the oldest gymnast in the world — Johanna Quaas.
She lives in Germany and turned 95 this year.
Age is only a number…pic.twitter.com/wNEVQeFDni
— Rex Chapman🏇🏼 (@RexChapman) December 22, 2020