काठमाण्डौ । पछिल्लो समय नायिका तथा मोडेल एलिजा गौतम अन्य मोडेलको तुलनामा निकै नै व्यस्त मोडेलको रुपमा चिनिएकी छिन् । लकडाउनको समयमा पनि आफ्ना दर्शकहरुलाई एकपछि अर्को गर्दै म्यूजिक भिडियोहरु दिएर मनोरञ्जन गर्न नायिका तथा मोडेल एलिजा पछि परिनन् ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,
कलाकारिताको क्षेत्रमा होस् या समाज सेवाको क्षेत्रमा उनी आफुलाई सक्रिय नै राख्ने कलाकार मध्य एक हुन् । पछिल्लो समय दर्शकको माया पाउनबाट रत्तिपनि नचुकेकी कलाकार एलिजाको एउटा अर्को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
जस्मा सनिश श्रेष्ठको स्वर रहेको छ । यो गीतको शब्द रचना दधी अधिकारीले गरेका हुन् । एलिजाको अभिनय रहेको उक्त म्यूजिक भिडियोमा एलिजालाई स्वयम गायक श्रेष्ठले साथ दिएका छन् । एलिजा र सनिशको संयुक्त अभिनयलाई दर्शकले रुचाएका पनि छन् ।
म्यूजिक भिडियोमा एलिजाले दिएको एक बेड सिनले पनि दर्शकको ध्यान आर्कषण गरेको छ । कल्याण सिंहको संगित रहेको गीतमा एरेन्जर गोपाल रसाइली रहेका छन् । भिडियोको निर्देशन प्रहिल कार्कीले गरेका हुन् । भिडियोसहित