अन्त्यष्टिका लागि चितामा सुताइएका मलिक आगो लगाउने बेलामा जुरुक्क उठेर बसेपछि…

रोचक

एजेन्सी । असावधानीका कारण झण्डै एक ब्यक्तिको अनाहकमा मृत्यु हुनवाट जोखिएको छ । अन्त्यष्टिका लागि भन्दै चितामा सुताइएको ब्यक्ति आगो लगाउने बेलामा जुरुक्कै उठेर चितामै बसे पछि मलामी गएकाहरुको भागाभाग भएको छ । यो घटना भारत ओडिसाको हो । भारतको ओडिसाको गंजाम जिल्लामा भएको यो घटनाले अहिले भारतीय मिडियामा चर्चा पाएको छ ।मलामी गएकाहरुको भागाभाग भएको थियो । चितामा शब चलमलाउन थालेपछि मलामी डराएका थिए । त्यसैबीच उनी उठेर चितामै बसे । त्यस्तो देखेर मलामी भु’त भन्दै थप डराए । तर, तत्काल त्यहाँ भएका कसैले एक चिकित्सकलाई खबर गरे ।

उनीहरुले मृत्यु भएको ठानेका ब्यक्ति जिवितै थिए । सीमान्चक मलिक नाम गरेका ति ब्यक्तिलाई अहिले अस्पताल लगिएको छ । अहिले ती व्यक्तिको स्वास्थ्य स्थीर भएको त्यहाँका चिकित्सकले भारतीय मिडियालाई बताएका छन् ।शनिबार जंगलमा बाख्रा चराउन गएका मलिक आइतबारसम्म घर नआएपछि खोज्न गएका व्यक्तिहरुले उनी मृ’त भएको भन्दै घाटमा पुर्याएका थिए । उनलाई ज्वरो आएका कारण उनी बे’हो’स भएको चिकित्सकहरुले बताएका छन् ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

Leave a Reply

Your email address will not be published. Required fields are marked *