काठमाडौंमा सवा तीन सय हाउजिङका घर बिक्रीमा, मूल्य यस्तो छ

समाचार

काठमाडौं। व्यवस्थित बसोबासका लागि बनाइएका व्यापारिक हाउजिङ परियोजनाहरुमा अब तीन सयको हाराहारीमा मात्रै घरहरु बिक्री हुन बाँकी रहेको पाइएको छ ।नेपालका ठूला रियल इस्टेट डेभलपर कम्पनीहरुले दिएको जानकारीअनुसार उनीहरुका हाउजिङ परियोजनामा अब तीन सय १८ वटा घर तथा बङ्ग्लो बिक्री हुन बाँकी रहेका हुन् । यी सबै ‘स्ट्याण्ड अलोन’ अर्थात् छुट्टाछुटै बनाइएका आवास एकाइहरु हुन् । उक्त एकाइ निर्माणाधीनका साथै तयारी (रेडी टु मुभ) अवस्थाका समेत छन्।नेपालमा अर्थतन्त्र जतिसुकै प्रतिकुल अवस्थाबाट गुज्रिदाँसमेत जग्गाको भाउ लगातार आकाशिने क्रम रोकिएको छैन । काठमाडौं उपत्यकाको हकमा यो झन् तीव्र छ । यसरी जग्गा अत्याधिक महँगो हुनुका साथै आवास परियोजना विकासका लागि उपयुक्त ठूलो आकारका जग्गाको अभाव बढ्दै जानुका साथै पछिल्लो समय जग्गा कित्ताकाटमा अड्चन लगायतका कारण पछिल्लो समय नयाँ हाउजिङ परियोजना ल्याउन गाह्रो हुँदै गएको डेभलपरहरु बताउँछन् ।

यसले गर्दा पनि दुई वर्षयता नयाँ हाउजिङ परियोजना आउने क्रम सुस्त छ । अहिले बिक्रीमा राखिएका हाउजिङ युनिटहरु पनि पूरानै परियोजनामा बचेका प्लटमा निर्माण भइरहेको स्वयम् डेभलपरहरु बताउँछन्।नेपालमा सुविधा सम्पन्न हाउजिङको बसाई कल्चर दुई दशक मात्र पुरानो भएपनि यस्ता परियोजनाका घरमा बस्न चाहने नेपालीहरुको संख्या बाक्लिँदा व्यवस्थित हाउजिङको माग अहिले उच्च छ। माग अधिक भएपनि डेभलपरहरुले खासगरी जग्गाको मूल्य, उपलब्धता र कित्ताकाटमा खडा गरिएको उल्झनका कारण नयाँ आवास परियोजना ल्याउन नसकेका हुन् ।

अहिले सिभिल होम्स् मात्र एउटा कम्पनी हो जसले नयाँ आवास परियोजना ल्याउन लागेको छ । सिभिले काठमाडौंको जोरपाटीमा फेज ११ को हाउजिङ परियोजना ल्याउने गरी गत मंसिरबाट बुकिङ खुला गरेको जानकारी दिएको छ । यसबाहेक अन्य कुनै पनि डेभलपरहरुले नयाँ परियोजना ल्याउन सकेका छैनन्। सरकारले कोरोना महामारीको जोखिमका कारण गत चैतबाट लागु गरेको लकडाउनका साथै स्थानीय प्रशासनले घोषणा गरेको निषेधाज्ञाका कारण पनि बुकिङ भइसकेका निर्माणाधीन हाउजिङका घरहरुको काम पनि केही पछाडि धकेलिएको छ। हाल काठमाडौं उपत्यकामा निर्माणाधिन तथा रेडी टु मुभ अवस्थामा पुगेका हाउजिङ परियोजनामा भएका घरहरुको संख्या, बिल्टअप एरिया, जग्गाको क्षेत्रफल, घरको मूल्य र अवस्था यस्तो छ:,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

सीई ग्रुपका ६१ घर बिक्रीमा
बिक्री हुन बाँकी हाउजिङ सबैभन्दा बढी सीई कन्स्ट्रक्सनको छ। नेपालमा धेरै रियल इस्टेट परियोजना विकास गर्ने कम्पनी सीई नै हो। सीईको काठमाडौं र ललितपुरमा एक/एक वटा र भक्तपुरमा दुईवटा हाउजिङ परियोजनाका घरहरु बिक्री हुन बाँकी रहेको कम्पनीले जनाएको छ। कम्पनीले काठमाडौंको गोलढुङ्गामा निर्माण गरिरहेको गोलढुङ्गा हाइट्समा कुल १५ एकाइ घर रहे पनि अब ४ वटा घर मात्रै बिक्री हुन बाँकी रहेको कम्पनीले जनाएको छ।बिक्री हुन बाँकी रहेका घरहरुको जग्गाको क्षेत्रफल (प्लट एरिया) ३ देखि ५ आना रहेको छ। जसको बिल्टअप एरिया १७ सय ४१ देखि २१ सय ९५ वर्गफीट रहेको कम्पनीले जनाएको छ। सीईले यी घरहरुको मूल्य एक करोड ८५ लाखदेखि दुई करोड ५१ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ।ललितपुरको ठैबको सिनिक हाउजिङका सीईले पहिलो चरणमा निर्माण गरिरहेका ९५ घरमध्ये १४ वटा मात्रै बाँकी रहेको कम्पनीले जनाएको छ। उक्त घरहरु २ देखि ३ आना जग्गामा निर्माण भइरहेको छ। घरहरुको बिल्टअप एरिया ११ सय ८१ देखि १५ सय २० वर्गफीट रहेको छ। सीईले उक्त घरहरुको मूल्य एक करोड ४२ लाखदेखि एक करोड ७६ लाख रुपैयाँ रहेको जनाएको छ।

सीईले भक्तपुरमा दुई वटा घर लोकन्थली आवासमा उपलब्ध रहेको जनाएको छ। ४ देखि ५ आना क्षेत्रफलमा निर्माण भएका उक्त घरहरुको बिल्टअप एरिया २२ सय ७९ देखि २३ सय ३५ वर्गफीट रहेको कम्पनीले जनाएको छ। कम्पनीले रेडि टु मुभ अवस्थामा रहेका यी घरहरुको मूल्य दुई करोड ७४ लाखदेखि तीन करोड रुपैयाँ रहेको कम्पनीले जनाएको छ।भक्तपुरकै चाँगुनारायण नगरपालिकामा निर्माण भइरहेको नीलबाराही हाउजिङमा ३६ वटा घरहरु बिक्रीका लागि उपलब्ध रहेको कम्पनीले जनाएको छ। ३ देखि ११ आना जग्गामा बन्दै गरेका घरहरुको बिल्टअप एरिया १५ सय ४० देखि २८ सय वर्गफीट रहेको बताइएको छ।त्यसैगरी, सीई ग्रूपअन्तर्गतकै अर्को कम्पनी सीडी डेभलपर्सका दुई वटा परियोजनामा मात्रै घरहरु उपलब्ध रहेको कम्पनीका निर्देशक शम्भु फुयालले जानकारी दिए।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

काठमाडौंको सानोभर्याङमा रहेको सानोभर्याङ हाउजिङ र चोभारमा रहेको कृति कोलोनीमा घरहरु बिक्रीलाई उपलब्ध रहेको उनले जानकारी दिए। सानोभर्याङमा तीन र कृति कोलोनीमा दुई वटा घर उपलब्ध रहेका छन्। सानोभर्याङमा भएका घर ५ देखि ९ आना क्षेत्रफलमा २४ सयदेखि ३५ सय वर्गफीटमा उपलब्ध छ। सानोभर्याङमा रहेका घरको मूल्य चारदेखि साढे ६ करोड रुपैयाँसम्म रहेको फुयालले बताए। यस्तै, कृति कोलोनीमा रहेका घर ५ देखि १५ आना क्षेत्रफलमा रहेको बताइएको छ। १८ सयदेखि २५ सय वर्गफीटमा बनेका यी घरहरुको मूल्य २ देखि ५ करोड रुपैयाँ रहेको फुयालले जानकारी दिए।

सिभिलले मंसिरदेखि खोल्यो जोरपाटी परियोजनाको बुकिङ
सिभिल होम्सले आफ्ना सबै परियोजना बिक्री भएपछि गत मंसिरमा जोरपाटीमा फेज ११ को बुकिङ खुलाएको थियो। उक्त परियोजनाको कुल ५४ वटै एकाइ बिक्रीका लागि उपलब्ध रहेको कम्पनीकी मार्केटिङ विभाग प्रमुख कामना थापाले बताइन्। फेज ११ मा बन्ने घरहरुको जग्गाको क्षेत्रफल ३ देखि १० आना रहेको उनले जानकारी दिइन्। घरहरुको बिल्टअप एरिया १२ सयदेखि १८ सय वर्गफीट रहेको बताइन्।सिभिल होम्सले निर्माण गरिने घरहरुको मूल्य दुई करोडदेखि ६ करोड रुपैयाँ पर्ने थापाले जानकारी दिइन्। कम्पनीले कम्तिमा दुई वर्षभित्र बुकिङकर्ताहरुलाई घर उपलब्ध गराउने गरी काम सुरु गरेको थापाले बताइन्।

बृहतका घर २.१८ करोडदेखि
बृहत् ग्रूपले रामकोट, थानकोट, भैंसीपाटी र बल्खुमा निर्माणाधीन देखि रेडि टु मुभ घरहरु उपलब्ध रहेको जनाएको छ। रामकोटमा रहेको बृहत् कम्युनिटी लिभिङ परियोजनामा २३ घर उपलब्ध रहेको कम्पनीकी बिक्री प्रतिनिधी निशा श्रेष्ठले जानकारी दिइन्। तीनदेखि सात आना क्षेत्रफलमा रेडि टु मुभ, निर्माणाधीन र भ्याकेन्ट प्लट उपलब्ध रहेको उनले बताइन्। रामकोटमा उपलब्ध घरहरु १५ सयदेखि २७ सय ८० वर्गफीटसम्म रहेको श्रेष्ठले बताइन्। जसको मूल्य बृहतले दुई करोड ६३ लाखदेखि चार करोड १५ लाख रुपैयाँ तोकेको छ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

यस्तै, बृहत् क्लस्टर थानकोट परियोजनामा ४ वटा प्लट घर निर्माणका लागि उपलब्ध रहेको कम्पनीले जनाएको छ। ४ आना क्षेत्रफलमा निर्माण गरिने घरको मूल्य बृहतले दुई करोड ३० लाखदेखि दुई करोड ४५ लाख रुपैयाँ रहेको श्रेष्ठले जानकारी दिइन्। यहाँ निर्माण गरिने घरहरुको बिल्टअप एरिया २४ सयदेखि २६ सय वर्गफीट हुने बताइएको छ।बृहत् क्लस्टर भैंसीपाटीमा दुई वटा निर्माणाधीन घर बिक्रीका लागि उपलब्ध रहेको श्रेष्ठले बताइन्। तीनदेखि आठ आना क्षेत्रफलमा निर्माण भइरहेका घरको बिल्टअप एरिया १९ सय ७० देखि २३ सय वर्गफीट रहेको बताइएको छ। घरहरुको मूल्य दुई करोड ४९ लाखदेखि चार करोड ४१ लाख रुपैयाँ पर्ने श्रेष्ठले जानकारी दिइन्।बृहतको बल्खुमा रहेको परियोजनामा चार वटा घर निर्माण गर्न प्लट उपलब्ध रहेको जनाएको छ। दुई आनादेखि चार आना क्षेत्रफलमा बन्ने घरहरुको बिल्टअप एरिया १४ सय ५० देखि १८ सय ७० वर्गफीट रहने बताइएको छ। घरहरुको मूल्य दुई करोड १८ लाखदेखि दुई करोड ९८ लाख रुपैयाँ रहेको श्रेष्ठले जानकारी दिइन्।

ग्रीनहिलको मूलपानी परियोजनामा सबैभन्दा धेरै घर बाँकी
देशकै सबैभन्दा धेरै घर संख्या भएको हाउजिङ परियोजना जीएचसी मूलपानीमा ७९ वटा घर बिक्रीमा छ। ४ देखि १५ आना क्षेत्रमा बनिरहेका घरको बिल्टअप एरिया दुई हजार देखि ३५ सय वर्गफीट रहेको कम्पनीका मार्केटिङ म्यानेजर सौरभ तिमल्सिनाले जानकारी दिए। कम्पनीले यी घरहरुको मूल्य दुई करोड पाँच लाखदेखि चार करोड ५० लाख रुपैयाँ पर्ने तिमल्सिनाले बताइन्।त्यसैगरी, ग्रीनहिलको जीएचसी इमाडोलमा रेडि टु मुभ अवस्थामा रहेका तीन वटा घर बिक्रीमा राखेको छ। पाँच आना क्षेत्रफलमा बनेका घरको बिल्टअप एरिया २४ सयदेखि ३१ सय वर्गफीट रहेको तिमल्सिनाले बताए। घरको मूल्य ग्रीनहिलले साढे तीन करोड रुपैयाँ तोकेको छ।

पद्म कोलोनीको फेज ३ र ४ मा उही प्रकृतिका घरहरु ,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

पद्म कोलोनीको फेज ३ रामकोट र फेज ४ टौखेल नागार्जुनमा समान ४२/४२ वटा घर बिक्रीमा राखिएको कम्पनीकी बिजनेस डेभलपमेन्ट प्रमुख पूजा भण्डारीले जानकारी दिइन्। तीनदेखि चार आनामा बनेका यी घरहरुको बिल्टअप एरिया १५ सय ९९ देखि दुई हजार नौ वर्गफीट रहेको भण्डारीले बताइन्। रेडि टु मुभ अवस्थामा रहेका यी घरहरुको मूल्य दुई करोड ६० लाखदेखि तीन करोड २५ लाख रुपैयाँ तय गरिएको कम्पनीले जनाएको छ।

डाउनटाउन रेसिडेन्सी र सिजीको द भिल्लामा २ घर बाँकी
डाउनटाउनले इमाडोलमा निर्माण गरेको रेसिडेन्सीमा अब दुई घर मात्रै बाँकी रहेको कम्पनीले जनाएको छ। चारदेखि आठ आना जग्गामा बनेका घर दुई हजारदेखि २४ सय वर्गफीट रहेको बताइएको छ। जसको मूल्य डाउनटाउने तीन करोड ६५ लाखदेखि पाँच करोड रुपैयाँ तोकेको जनाएको छ।यस्तै, चौधरी ग्रूपअन्तर्गतको सिजी प्रोपर्टिजले सुनाकोठीमा निर्माण गरेको द भिल्लामा पहिलो चरणमा निर्माण गरिएका ७० घरमध्ये दुई वटा मात्रै बिक्री गर्न बाँकी रहेको कम्पनीकी मार्केटिङ म्यानेजर शारदा प्रसाईंले जानकारी दिइन्। सिजीले दुई हजारदेखि २१ सय ५२ वर्गफीटसम्मका घरहरु बिक्रीमा राखिएको उनले बताइन्। रेडि टु मुभ अवस्थामा रहेका यी घरहरुको मूल्य सिजीले दुई करोड ८५ लाखदेखि तीन करोड पाँच लाख रुपैयाँ तोकेको छ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

Leave a Reply

Your email address will not be published. Required fields are marked *