दक्षिण कोरियाले त्यहाँ पुगेको महिना दिन पनि नहुँदै दुई सय बढी नेपाली श्रमिकलाई फिर्ता पठाएको पाइएको छ।नेपाल प्रहरीका अनुसार कोरियन भाषा बोल्न नजानेको भन्दै पुगेको केही समयमै कोरियाले नेपालीलाई फर्काइदिएको हो।दलाललाई लाखौँ रुपैयाँ खुवाएर नक्कली परीक्षार्थीमार्फत भाषा उत्तीर्ण गरेका व्यक्तिलाई कोरियाले फर्काउने गरेको छ। सन् २०१५ यता मात्रै २ सय बढी श्रमिक यसरी फर्किसकेको नेपाल प्रहरी स्रोतले जनाएको छ।
यसरी फर्काइएकामध्ये केही व्यक्तिलाई प्रहरीले सोधपुछ समेत गरेको छ। नक्कली परीक्षार्थी खडा गरेर भाषा परीक्षा दिने श्रमिकले दलाललाई ७ लाख रुपैयाँसम्म दिएको पाइएको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए।
उनका अनुसार नेपालमा कोरियन भाषा पढाउने इन्स्टिच्युटका शिक्षकको नै यस्तो कार्यमा संलग्नता भेटिएको छ।
महाशाखाले बागबजारको सेन्सेगे कन्सल्टेन्सीका कोरियन भाषा प्रशिक्षक उत्तममान लिम्बुलाई पक्राउ गरेसँगै ठूलै समूह यसरी नक्कली परीक्षार्थी बनेर भाषा परीक्षामा सहभागी हुने गरेको खुलेको हो।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,