भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ, पुरा हेर्नुहोला, काठमाण्डाै – राष्ट्रिय मानवअधिकार आयोगले किसानको उखुको मूल्य तुरुन्त भुक्तानी दिन आग्रह गरेको छ ।आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले विज्ञप्ति जारी गर्दै किसानले पाउनुपर्ने रकम तत्कालै भुक्तानी दिएर उखु खरिदकर्ता उद्यमीबाट सरकारी बाँकी सरह असुल उपर गर्न स्थानीय प्रशासन र नेपाल सरकारलाई आग्रह गर्नुभएको छ ।
सरकारको निर्देशन पालना नगर्ने र उखु किसानको उखु लिएर बक्यौता रकम भुक्तानी नगर्ने व्यवसायीलाई तत्काल कानुनको दायरामा ल्याएर कारबाही गर्न अनुरोध गरिएकाे छ । विज्ञप्तिमा भनिएको छ, ‘किसानका हक अधिकारका सम्बन्धमा व्यवस्था गरिएका कानुनको प्रभावकारी कार्यान्वयन गर्न, उखु किसानका समस्याको समाधानमा संवेदनशील हुन, किसानको श्रमको सम्मान गर्न, विगतमा भएका सम्झौताको कार्यान्वयन गरी किसानको मौलिक हक र मानवअधिकार संरक्षण गर्न सरकार र चिनी उत्पादक कम्पनीको ध्यानाकर्षण गराएको छ ।’